आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

शर्मिला गुरुङ

काठमाडौं, ७ चैत्र : आज साताको पाँचौँ दिन अर्थात बिहीबार सुनको पाँच सय रुपैयाँले बढेको छ। आज छापावाल सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि छापावाल सुन प्रतितोला ५९ जहार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तैगरी आज तेजावी सुनको मुल्य पनि उकालो लागेको छ। आज तेजावी सुन ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै चाँदीको मूल्य पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भएको थियो। छ

प्रतिक्रिया