आफ्नै श्रीमानलाई आफु गर्भवती भएको कुरा लुकाउन जन्मदेखि २ बर्षसम्म छोरीलाई कारको डिक्की भित्र राख्ने यी कस्ती आमा

रिता घिसिंग

पिएनपिखबर : फ्रान्समा एक महिलाले आफ्नो गर्भवती भएको कुरा परिवारबाट लुकाउन आफ्नो २ बर्षिय छोरीलाई कारको डिक्कीमा लुकाई राखेकी छिन । यस कुराको खुलासा तब भयो जब महिलाले नखोल भन्दा भन्दै कारको डिक्की मेकानिकले खोले।

टेर्रासन लेविलेडियुका ५० बर्षिय  रोजा मारिया डा क्रूज आफ्नो तीन बच्चाका साथ बस्दै आएकी थिइन्। जब उनि चौथो पटक गर्भवती भईन तब उनि डराइन। रोजा आफ्नो चौथो गर्भवतीको बारेमा आफ्ना बच्चा र पार्टनरलाई बताउन चाहदिनथिन। उनले दुनियाबाट लुकेर बालिकालाई जन्म दिईन र बालिकालाई ग्यारेजमा आफ्नो कारको डिक्कीमा लुकाएर राखिन। 

 

एक दिन रोजा आफ्नो कार मर्मत गर्न गईन। तब उनले मेकानिकलाई कारको डिक्की नखोल भनेकी थिइन् किनकी कारको डिक्की निकै भारी छ भनेकी थिइन्। रोजा जाने बित्तिकै डिक्कीबाट अजिबको आवाज आउन थाल्यो। मेकानिकलाई लग्यो कि सायद कुनै जनावर फस्यो होला। मालिकको कुरा नसुनी उनले डिक्की खोलिदिए। डिक्की भित्रको हाल देखेर मेकानिकको होस् उड्यो। डिक्कीमा एक बक्स भित्र वस्त्र बिहिन बालिका सुतिरहेकी थिइन्। जो एकदम नराम्रो हालमा थिइन्।  मेकानिक भन्छन ‘डिक्की भित्र यस्तो गन्ध आइरहेको थियो कि उनलाई त्यहाँ उभिन गाह्रो भैरहेको थियो। २ बर्षिय बालिका कुपोषणले ग्रसित थिइन्। 

 

मेकानिकले इमर्जेन्सी नम्बरमा फोन गरेर घटनाको बारेमा जानकारी गराए। यदि आधा घण्टा ढिला भएको भए बालिकाको मृत्यु हुन्थ्यो। प्रहरीले रोजा र उनका श्रीमानलाई पक्राउ गरियो। तीन बच्चा सहित उक्त बालिकालाई  फोस्टर केयरमा राखियो। कोर्टले रोजाको श्रीमानलाई यस बारे केहि थाहा नभएको कारण छोडीदिएको छ।  साथै तीन बच्चालाई नि घर पठाएको छ भने पिडित बालिकालाई स्पेशलिस्ट केयरमा राखेको छ। रोजा जेलमा सजाय भोगिरहेको छ। 

प्रतिक्रिया