संगीतकार तथा रचनाकार रश्मि रोक्काको पहिलो कोशेली “मन तिमी बिना” सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, ७ चैत्र : नेपाली सांगीतिक आकाशमा उदाउदै गरेकी नव संगीतकार तथा रचनाकार रश्मि रोक्काको पहिलो कोशेली “मन तिमी बिना” हालै मात्र सार्वजनिक भएको छ। रश्मि रोक्काको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियो सहित हाईलाईट्स नेपालको युटयुब च्यानल मार्फत बजारमा ल्याएको हो।



सुनिल खत्रीको आवाजमा सजिएको गीतको भिडियो निर्देशन समीप निरौला र रश्मि रोक्कको संयुक्त प्रयासमा भएको छ भने नयाँ कलाकार रबिन्द्रराज अधिकारी र रोशनी रोक्काको अभिनय देख्न सहिन्छ । म्युजिक भिडियोमा एरेन्ज युकुब राई, श्रृङ्गार मुना राना, क्यामेरा एडिट समीप निरौलाले गरेका छन् ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया