गरिब व्यक्तिले पैसा माग्दा युवकले दिए एटिएम कार्ड र पिन त्यसपछि.. (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : इङल्याण्डको एउटा भिडियो अहिले चर्चामा छ । एक जना गरिब व्यक्ति एक युवकसँग पैसा माग्छन् । ती युवकले पनि ती गरिब व्यक्तिलाई आफ्नो एटिएम कार्ड र पिन दिन्छन् । केही समयमा ती गरिब व्यक्ति फर्केर आउँछन् । गरिब व्यक्तिले आफूले निकालेको २० पाउण्ड पैसाको रसिद र एटिएम कार्ड फिर्ता दिन्छन् । त्यसपछि ती दुवैले हात मिलाउँछन् । गरिब व्यक्ति २० पाउण्ड लिएर त्यहाँबाट जान्छन् । यो भिडियो ज्याक नामका अर्का व्यक्तिले रेकर्ड गरेका थिए ।

ज्याकले यो भिडियो फेसबुकमा शेयर गर्दै घटनाबारे लेखेका छन् । यो घटनाबारे ज्याकले न्यूक्यासल संसारको सबैभन्दा राम्रो ठाउँ भएको उल्लेख गरेका छन् । यो भिडियो हेर्नेहरु फेसबुकमा ती युवकको हिम्मत र गरिब व्यक्तिको इमानदारीको तारिफ गरिरहेका छन् ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया