चरेशसहित दुई पक्राउ

admin

काठमाडौँ, ७ चैत  : महानगरीय प्रहरी अपराध महाशाखाले चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । धादिङको थाक्रेका रामचन्द्र परियार र सानुभाइ दर्जीलाई चार किलो ६३० ग्राम चरेशसहित पक्राउ गरिएको महाशाखाले जानकारी दिएको छ । 

लागुऔषध चरेशको कारोवार गर्ने गरेको भन्ने सूचनाका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले चलाएको खोजी अभियानका क्रममा काठमाडौँ महानगरपालिका–१५ चमतीमा उनीहरुलाई पक्राउ गरिएको हो । 

 

सानुभाइ दर्जीको कोठा खानतलासी लिँदा झोलाबाट नौ वटा प्याकेटमा चार किलो ६३० ग्राम चरेश फेला परेको महाशाखाका निमित्त प्रमुख केदार ढकालले जानकारी दिनुभयो । पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडाँै पठाइएको उहाँले बताउनुभयो । 

-रासस

प्रतिक्रिया