बैबाहिक जीवनमा खुसि रहन एक अर्काको कमि कमजोरी देख्न बन्द गर्नुहोस

रिता घिसिंग

पिएनपिखबर : एक युवाको बिबाह एकदम सुन्दरी युवतीसंग भयो। दुवैमा धेरै माया थियो। युवा प्राय आफ्नो पत्नीको सुन्दरताको तारिफ गरि बस्थ्यो। तर बिबाह भएको केहि महिनापछि युवतीलाई चर्मरोग भयो। यसकारण उनको सुन्दरता बिस्तारै कम हुदै गयो।

पत्नीलाई लाग्यो कि उनि नराम्री हुँदा उनका पति उनलाई घृणा गर्छ र उनि यो कुरा सहन सक्दिनन। पतिले पनि पत्नीको मनको कुरा बुझीहाल्यो। एकदिन पति अफिसबाट आधा घण्टा ढिला आयो। तब उनको दुर्घटना भयो। यस दुर्घटनामा उनको दुवै आँखा खराब भयो। तर यसपछि पनि दुवैको जीवन सामान्य तरिकाले चल्दै थियो। समय बित्दै गयो श्रीमती झन् नराम्री हुदै गईन।

पति अन्धो भएका कारण श्रीमती कस्ती थिइन् भन्ने कुरामा केहि पत्तो थिएन। उनीहरुको जीवन खुसियाली नै बितिरहेको थियो। एक दिन श्रीमतीको मृत्यु भयो। पति एक्लै भए उनले शहर छोड्ने फैसाला गरे। तब उनका एक साथीले सोध्यो ‘अब तिमि कसरि बिना साहारा एक्लै हिड्न सक्छौ ? यतिका बर्ष त तिम्रो श्रीमतीले मद्दत गरिरहेकी थिइन्। अब उनको पनि मृत्यु भयो। ‘

उनले साथीलाई भने ‘म अन्धो होइन म त सिर्फ अन्धो भएको नाटक गरिरहेको थिए। किनकि यदि मैले उनको कुरुप रुप देखिरहेको छु भन्ने उनलाई थाहा भएको भए उनलाई नराम्रो लाग्थ्यो म मात्र श्रीमतीलाई खुसि देख्न चाहन्थे। ‘

पतिपत्नी तब खुसि हुन्छन जब एक अर्काको कमि कमजोरी देख्न बन्द गर्दिन्छ। यदी एक अर्काको कमि कमजोरी निकाली रहे बहने बैबाहिक जीवनमा समस्या मात्र आइरहन्छ र खुसि कहिले हुन् सक्दैन।

प्रतिक्रिया