घाँस काट्न जाँदा भालुको आक्रमणले बनायो यस्तो बेहाल,बालबच्चाको बिचल्ली [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। खोटाङ जिल्ला दिक्तेल रुपाकोट वडा नं. १० निवासी ३४ वर्षीय दिनेश गिरि चैत्र २ गते घाँस काट्न जाने क्रममा भालुले आक्रमण गरेर गम्भीर घाइते भएका थिए। उनका काकाले उपचार कै क्रममा टेकु देखि टिचिंग अस्पताल सम्म लागिसकेका छन्। अहिले उनी वीर अस्पतालमा उपचाररत छन्। उनको स्वास्थ्य अवस्था एकदम बिग्रिदो अवस्थामा छ। जंगलको बीच नेरी घर भन्दा धेरै पर दिनेशको गोठ थियो।

घर नजिकै भएको भए पनि सायद यो घटना घट्दैन थियो कि ? बन नजिकैको गोठमा घास दाउरा गर्न जादा उनलाई भालुल आक्रमण गरेको हो। जिल्ला अस्पतालबाट उनलाई वीर अस्पताल थप उपचारको लागि ल्याइएको हो। उनको शरीरको एक हात नै भाचिएको छ। उनको खुट्टामा पनि गहिरो चोट लागेको छ। उनको आखामा समेत गहिरो चोट लागेको छ। उनको शरीरको अंगअंगमा घाउ नै घाउ छ।

उनको हात र अनुहारको अपरेसन गरिसकिएको छ। यद्दपि उनको अरु थुप्रै अपरेसन गर्नु पर्ने अवस्था छ। विरामीको श्रीमती, एक जना छोरा र दुई जना छोरी छन्। उनको छोरी कक्षा ८ मा पढ्छिन् भने उनको छोरा कक्षा ५ मा पढ्छन्। अर्को छोरा उनको काखे बालक नै छन्। परिवारको मुख्य कमाउने व्यक्ति नै यसरी थला परेपछि अब कसरि घर व्यवहार चलाउने भनेर परिवार अन्योलमा परेका छ।

दैनिक जीवन गुजारा गर्न खेति किषानीको काम गर्दै आएका उनको आर्थिक स्थिति निकै कम्जोर छ। आर्थिक अवस्था निकै कम्जोर भएकोले उनको उपचारमा बाधा अर्चन आइरहेको छ। यदि तपाई उनको स्वास्थ्य स्थति सुध्रियोस भन्ने चाहानुहुन्छ र उनको जीवनको यो दुखद घडीमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईले पिएनपीखबरको अफिसियल फेसबुक पेज पिएनपीखबर डट कममा मेसेज गर्न सक्नुहुन्छ।

प्रत्यक्ष बिरामीलाई भेटेर सहयोग गर्न चाहानुहुन्छ भने कृपया बिरामीको काका गणेश गिरिलाई ९८६१९६७१०२ र अर्जुन गिरिलाई ९८४१८५२५३४ मा सम्पर्क गर्नसक्नुहुन्छ। सेवा नै धर्म हो। सके आर्थिक सहयोग नसके यो समाचार शेयर गरेर सहयोगी मनसम्म पुराईदिनुहुन पनि हार्दिक अनुरोध गरिन्छ।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू