पृथ्वीनारायण शाह एक काल्पनिक पात्र हुन्, सिके राउत र विप्लव दुवै उस्तै : मुकुन्द घिमिरे (भिडियो)

मनिषा थापा

पिएनपिखबर : समसामयिक विषयमा सामाजिक संजालबाट आफ्नो फरक मत राखेर आलोचित हुँदै आएका मुकुन्द घिमिरेले डा सिके राउतले फेसबुके राजनीति गरेको बताएका छन्।

राजनीतिमा छिर्नेको लागि राउतले आफ्नो उग्ररुप देखाएर दुनियाँको ध्यान केन्द्रित गरी विशुद्ध त्रास फैलाएको घिमिरेको आरोप छ। ‘पिएचडी’ पास गरेको एउटा ऋषि सरहका सिके राउतले देश नै टुक्राउछु भन्नेर हिड्नु जाएज नभएको उनको भनाई छ।

घिमिरेले विप्लब एक षड्यन्त्रकारी रहेको बताएका छन्। उनले भने, ‘नेत्र विक्रम चन्दले ‘विप्लब’को नामबाटै क्रान्ति गर्न खोजे, वर्तमान अबस्थामा किरा परेर हाड भईसके विप्लब’ , विप्लबको राजनीतिमा सम्मान छैन। उनीहरुले सरकार तर्साउन खोजे तर सरकार तर्सिएन।’ उनले विप्लब प्रचण्डसँगको साथगाँठले अघि बढेको आरोप छ। उनले सिके राउत र विप्लब दुवै गलत रहेको बताए। 

पछिल्ला दिनहरुमा घिमिरेले राष्ट्रनिर्माता पृथ्वीनारायाण शाह नै नभएको र उनी काल्पनिक पात्र मात्र भएको तर्क प्रस्तुत गर्दै आएका छन्। यसै प्रसङ्गमा बोल्दै उनले भने, ”पृथ्वी नारायण शाह इतिहासमा थिएनन् भन्ने मेरो विश्वास छ। त्यति बेलाको पृथ्वीसँग जोडिएको नाम राख्न चेतनाको पहुँच नै थिएन।  नेपालमा अब नयाँ इतिहास लेख्नु पर्ने आवश्यक छ। नेपाल श्रीपेचले हैन धर्मले बनेको देश हो।” बाँकी हेर्नुहोस भिडियोमा…. 

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू