मोबाइलको पासवर्ड नदिएको भन्दै श्रीमतीले लगाइन् श्रीमानमाथि पेट्रोल छर्केर आगो

रिता घिसिंग

एजेन्सी : मोबाइलले मान्छेको दैनिकीजीवन मात्र सहज बनाउँदैन । कहिलेकाँही ज्यान पनि लिन सक्न । यसको दुरुस्त उदाहरण हो, यो घटना । एक श्रीमतीले मोबाइलको पासर्वड नदिएपछि श्रीमानमाथि पेट्रोल छर्केर ज्यूँदै जलाएकी छन् ।

यो घटना इन्डोनेशियाको वेस्ट नुसा तेन्गारा प्रान्तको ईस्ट लोम्बाक रीजेन्सीको हो । आफ्नी पत्निलाई मोबाइलको पासर्वड नदिएपछि २६ वर्षीय पुरुषले ज्यूँदै जल्नु परेको छ । उनकी पत्निले उनीमाथि पेट्रोल छर्किएर आगो लगाइदिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । तर, आगोबाट जलेर गम्भीर घाइते भएका उनले अस्पतालमा नै प्राण त्यागेका छन् ।

सोही स्थान बस्ने २५ वर्षीया इल्हाम चहयानीले आफ्ना पति २६ वर्षीय डेडी पूरनामासँग केही कुरालाई लिएर उनको मोबाइल फोनको पासवर्ड मागेकी थिइन् । डेडीले पासवर्ड नदिएपछि उनी झगडा गर्न थालेकी थिइन् । विवाद चुलिएपछि पतिले पत्नीमाथि हात उठाएका थिए । त्यसपछि रिसको झोँकमा पत्नीले घरमा राखेको पेट्रोल ल्याएर खन्याइन् र आगो सल्काइदिइन् ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार सोही स्थानका एक प्रत्यक्षदर्शीले जल्दै गरेका पुरुषलाई देखेर सहयोग गर्न खोजेका थिए । तर, गम्भीर रुपले जलेका उनलाई एक अस्पतालमा भर्ना गरियो । पूर्णरुपले जलेका उनको उपचार हुन सकेन र उनले त्यही प्राण त्यागे ।

प्रतिक्रिया