भित्री वस्त्रलाई नसुकाई लगाउँदा, ब्याक्टेरियाको जोखिम

रिता घिसिंग

एजेन्सी : कतिपय महिलाले लाजका कारण पनि भित्री कट्टु धोएर घाम लाग्ने खुल्ला ठाउँमा सुकाउन हच्किन्छन् । कट्टुलाई प्रत्यक्ष घाममा नसुकाई लगाउँदा भने विभिन्न शारीरिक समस्या निम्तिने जोखिम बढी हुने अध्ययनले देखाएको छ । हिउँद याममा त यो समस्या झनै बढी देखिने गर्छ ।

भित्री लुगाको सरसफाइमा ध्यान नदिनाले पिसाबसम्बन्धी संक्रमण .(युरिनरी ट्रयाक इन्फेक्सन) कोजोखिम समेत रहन्छ । ब्याक्टेरियाबाट फैलिने यो रोगबाट जोगिन भित्री वस्त्रलाई राम्ररी धोएर घाममा सुकाउनुपर्छ ।

 

नत्र यसै कारण महिलालाई योनिमा हुने संक्रमणबाट पाठेघरको कुनै पनि रोग लाग्न सक्छ । धेरै पटक त यस्ता संक्रमण सन्तान उत्पादन क्षमतालाई समेत प्रभावित गर्न सक्छ । राम्ररी घाममा नसुकाइएको भित्री लुगाले दाद आउने, चिलाउने आदि समस्यासमेत देखिन सक्छ ।

प्रतिक्रिया