दीपिका पादुकोणको एसिड शिकार अवतारकाे पहिलाे लुक्स सार्वजनिक

रिता घिसिंग

एजेन्सी : मेघना गुलजारको फिल्म ‘छपाक’को पहिलो पोष्टर रिलिज भएको छ । दीपिका पादुकोण ‘छपाक’मा एसिड आक्रमण बाट बच्न सफल एक महिला लक्ष्मी अग्रवालको भूमिकामा देखिने भएकी छिन् । जुन अवतारकाे उनकाे तस्बिर हालै सार्बजनिक भएको छ ।

दीपिकाको यो लुक्स निकै कारुणिक देखिएको छ । साथै तस्बिर हेर्दा लाग्छ दीपिकाले निकै चुनौतीपूर्ण भूमिका निभाएकी छिन् । ‘छपाक’मा दीपिकाको क्यारेक्टरको नाम ‘मालती’ हो ।दीपिकाले हालै आफ्नो पहिलो पोष्टर इन्स्टाग्राममा शेयर गर्दै लेखेकी छिन् मालती एक यस्तो भूमिका हो जुन मसँग सधैं साथमा हुनेछ । फोटो झट्ट हेर्दा दीपिकालाई चिन्न एक छिन गार्हो जस्तो देखिन्छ उनलाई लक्ष्मी अग्रवाल जस्तै देखिएको छ ।

 

फिल्म ‘छपाक’ १० जनवरी २०२०मा रिलिज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू