आज पनि मेघ गर्जनसहित पानी पर्ने

admin

काठमाडौँ, चैत १२: काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा मंगलबार पनि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रही पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जनसहितको हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । काठमाडौँ उपत्यकासहितका स्थानमा सोमबार साँझ र मंगलबार बिहान पनि पानी परेको छ । पहाडी क्षेत्रमा अझै पानी पर्न सक्ने मौसमविदको भनाई छ ।

प्रतिक्रिया