सङ्कटा क्लब फाइनलमा

admin

काभ्रेपलाञ्चोक, १३ चैत:  जावलाखेल युथ क्लबलाई शून्यका विरुद्ध एक गोलले हराउँदै सङ्कटा क्लब ‘काभ्रे गोल्डकप’को फाइनलमा प्रवेश गरेको छ । 

काभ्रेको धुलिखेलमा जारी काभे्र गोल्डकपअन्तर्गत आजको सेमिफाइनल खेलमा सङ्कटा क्लबका लक्ष्मण रुचालले २३औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धामा रुचालले पेनाल्टीका माध्यमबाट गरेको गोलले सो टिमलाई फाइनलसम्मको यात्रा तय गर्न मद्दत मिल्यो । 

 

रेफ्रीलाई अपशब्द प्रयोग गरेको भन्दै जावलाखेलबाट खेलेका अफ्रिकी खेलाडी आद्मा डोम्बियालाई रातोकार्ड दिइएपछि सो टिम २३औँ मिनेटपछि १० खेलाडीमा सीमित बन्न पुगेको थियो । आजको खेलमा जावलाखेलका खेलाडी टाम्पी आर्नेस्टलाई ‘म्यान अफ द म्यान’ को उपाधि प्रदान गरियो । बिहीबार सशस्त्र प्रहरीको एपिएफ क्लब र काभ्रे जिल्ला फुटबल सङ्घबीच फाइनलका लागि प्रतिस्पर्धा हुनेछ । छ वटा ए डिभिजन क्लबसमेतको सहभागितामा जिल्लामा २५ वर्षपछि भएको फुटबल प्रतियोगितामा १० टोली सहभागी छन् । 

-रासस

प्रतिक्रिया