चरेससहित एक जना पक्राउ

admin

साँखु, काठमाडौँ, १३ चैत : महानगरीय प्रहरी प्रभाग कपनले बूढानीलकण्ठ नगरपालिका–१० कपन मिलनचोकबाट लागुऔषध चरेससहित आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगुको खत्याड गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका १८ वर्षीय रुपबहादुर बुढा रहेका छन् ।

फाइल फोटो

प्रहरी प्रभाग कपनबाट प्रहरी निरीक्षक मीनबहादुर कुँवरको नेतृत्वमा खटिएको टोलीले मिलनचोकस्थित रिमिनी क्याफे नजीक जाँच गर्दा बुढाको साथबाट दुई किलो चरेस बरामद गरेको हो । बुढालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बौद्ध लगिएको छ ।
-रासस

प्रतिक्रिया