स्कुल ड्रेसमा १० रुपियाँ बोकेर काठमाडौँ भागेका राम अहिले करोडपती [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। राम आले बाल्यकालमा नै १० रुपैयाँ बोकेर काठमाडौँ छिरेका थिए। केट्केटि उमेरका उनी त्यो बेला अरुको लहैलहैमा लागेर काठमाडौँ जान पाए के के न हुन्छ भनेर आएका थिए।

जब उनी काठमाडौँ आइपुगे तब उनीसँग जम्मा १० रुपैयाँ मात्र थियो। उनले धेरै समय त्यहिँ १० रुपैयाँ पनि जोगाएर राखेका थिए। सायद हुने बिरुवाको चिल्लो पात भने झैँ होला उनी बाल्यकाल देखि नै केहि गर्नु पर्छ उद्यमशिल हुनुहुपर्छ भन्ने सोच्थे।

केहि समय काठमाडौँमा पेट पाल्न कै लागि काम गरे उनले साथमा पढे पनि। अलिक बुझ्ने भए पछि उनी कलाकारितामा लागे। कलाकारिताको जीवनमा उनले पैसा नै कमाउन भने सकेनन्।

आफ्नो सोखको लागि कलाकारिता गर्नु अलग्गै कुरा थियो तर जीवन नै यसमा नै गुजार्छु भन्ने चाही मुर्खता नै हो सोचेर उनले माउ पसलमा काम गर्न थाले। सधै अरुकोमा नोकरी कति गर्नु भनेर उनले मासु व्यवसाय नै गर्ने सोचे।

आफु सँग अनुभव पनि भएकोले उनले ५००० लगानी सहित आफ्नो वा\व्यवसाय शुरु गरेक थिए। आजको दिनमा उनी करोडौको मालिक भएका छन्। सायद सधै अरु कै काम गरेर पेट पाल्छु भन्ने उनले सोचेका भए उनी त्येही धेरै भए बिस हजारको जागिर गर्दै हुन्थे होला।

नाखिपोटको चोकैमा उनको कामाना फिश हाउस छ। माछाबाट शुरु गरेको व्यवसायमा अहिले कुखुरा र खसीको मासु बढी व्यापार हुन्छ। १८ वर्ष भएछ उनले यो व्यवसायमा हात हालेको। १८ वर्षको लगानीमा उनको उपलब्धि भनेको उनले जग्गाजमिन जोडेका छन्। घर खर्च तार्न कुनै अप्ठ्यारो छैन।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू