तनावबाट मुक्ति चाहनुहुन्छ ? यसो गर्नुहोस

रिता घिसिंग

एजेन्सी : तनाव व्यवस्थापनका लागि सन्तुलित दिनचर्या एकद महत्वपूर्ण हुन्छ । त्यसैले, जीवन र दैनिक कार्यलाई आवश्यकता र महत्वपूर्ण आधारमा वर्गीकरण गरी समय निर्धारण गर्नुपर्छ । त्यस्तै, नियमित व्यायाम र आरामले तनावबाट मुक्ति पाउन सकिन्छ ।

सामूहिक सहभागिता

आफ्नो जस्तै रुचि भएका व्यक्ति वा साथीको समूहमा सहभागी हुने गर्नुहोस् । र, रुचिका विषयमा कुराकानी, छलफल आदि गरेमा मानसिक रूपमा स्वस्थ रहन सहयोग पुग्छ ।

 

काममा व्यस्त

मनमा धेरै कुरा खेलाइरहँदा मानसिक स्वास्थ्यमा निकै असर पर्ने भएकाले कतिपय अवस्थामा मानिसमा डिप्रेसन हुने सम्भावना रहन्छ । तसर्थ, आफ्नो ध्यान बहलाउन सकेसम्म काममा व्यस्त रहन आवश्यक हुन्छ ।

 

तनावको सामना

तपाईँलाई कस्तो अवस्था र व्यवहारले तनाव हुन्छ रु र, त्यसवेला तपाईँ कस्तो प्रतिक्रिया जनाउनुहुन्छ रु यो मुख्य हो । यदि, तपाईँ कोही व्यक्तिको व्यवहारका कारण तनावमा हुनुहुन्छ भने त्यसको तुरुन्तै प्रतिकार गर्नुहोस् ।

प्रतिक्रिया