ब्रेन ट्युमरले छटपटाउँदै गरेका श्रीमान बचाउन होटेलमा जुठो भाँडा माझ्दै श्रीमती (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : न्युरो अस्पतालमा उपचारत सुर्खेतका लाल बहादुर खत्रीलाई ब्रेन ट्युमर भएको छ। बैदेशिक रोजगारका लागि स्वास्थ्य जांच गर्दा उनलाई  ब्रेन ट्युमर भएको पत्ता लागेको हो । आर्थिकस्थिति कम्जोर भएका कारण उनका भाई बुहारी गंगाखत्रीले काठमाडौँको पसल पसलमा सहयोग रकम उठाउदै  खत्रीको उपचार गराउदै आउनु भएको छ। 

काठमाडौँमा आफ्नो आफन्त नभएका कारण उनीहरु होटेलमा भाडा माझेर खाने र बस्ने व्यवस्था मिलाएका छन्। खत्री परिवारको सम्पति कान्छो छोराको मुटुमा प्वालको उपचार गरेर सकियो। 

बिगत ६ महिना देखि ब्रेन ट्युमरबाट ग्रसित  लाल बहादुर खत्रीका श्रीमतीले पनि आफ्नो होसहवस  गुमाउन थालेका छन्। आफ्नै श्रीमानलाई नि अन्टी छोरा भन्न थालिसकेका छन्। 

उनको यति बेला  न्युरो अस्पतालमा  ब्रेन ट्युमर उपचार भइरहेको छ। बुधबार अप्रेशन गर्नु  पर्नेछ जसले ठिक हुने सम्भावना छ तर खर्च धेरै लाग्ने भएको छ। गंगाले आफ्नो जेठाज्युको  उपचारका लागि पैसा जुटाउन सकिरहेकी छैनन्। अहिलेसम्म ऋण र काठमाडौँको पसलहरुमा मागेर उपचार गराउदै आएकी छिन्। यस्तै उनका श्रीमतीले पनि देशविदेशमा बस्ने सबै मनकारी महानुभावहरुलाई आफ्नो श्रीमान बचाउनको लागि आर्थिक सहयोगको अपिल गरेकी छिन्।

तपाईहरुको सानो सहयोगले ३ बालबालिका टुहुरो हुनबाट बचाउन सकिन्छ। त्यसैले उनको उपचारको लागि सक्दो सहयोग गरिदिनु हुन हामी पिएनपिखबर परिवार विनम्र अनुरोध गर्दछौ।

उनलाई सहयोग गर्नको लागि :

गंगा खत्री  फोन नं : ९८६८००६१५३ 

बैंक खाता नं :  ०७२०१९००७५२१५९०००००१ गरिमा विकास बैङ्क

हामी मार्फत सहयोग गर्न चाहेमा :

शर्मिला गुरुङ्ग : ९८८०३९६४५२

मनोज खड्का : ९८६०३०१४९० 

पिएनपि मिडिया : ९८५१०१८०६३

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू