अफगानिस्तानमा पन्ध्र आइएस लडाकू मारिए

रिता घिसिंग

जलालाबाद , १८ चैत (रासस–सिन्ह्वा) : अफगानिस्तानको पूर्वी प्रान्त नानगाहरको खोगीआनी जिल्लामा आइतबार इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहको विरुद्ध सुरक्षाफौजले जारी राखेको कारबाहीको क्रममा कम्तीमा १५ आइएस लडाकू मारिएका छन् । 

यस कारबाहीको क्रममा अन्य १० लाडाकू घाइते भएको प्रान्तीय प्रवक्ता अत्ताउल्लाह खोगाीआनीले सोमबार जानकारी दिनुभएको छ । 

 

खोगीआनी जिल्लाको जेरोताङगी क्षेत्रमा गरिएको सुरक्षा कारबाहीको क्रममा अरु कैयौं घरहरु ध्वस्त भएको बताइएको छ । 

 

आइएस लडाकू लक्षित यस कारबाहीको क्रममा सुरक्षा अधिकारी र सर्वसाधारणलाई भने कुनै हानि नभएको अधिकारीहरुले दाबी गरेका छन् । 

 

आइएस लडाकू लक्षित आतङ्ककारी समूहले भने यस कारबाहीका बारेमा कुनै टिप्पणी गरेका छैनन् । 

 

प्रतिक्रिया