इजरायली सैनिक कारबाहीमा एक प्यालेस्टिनीको मृत्यु

रिता घिसिंग

चैत १९, इजरायल: जेरुसेलमनजिकै इजरायली सेना र प्यालेस्टिानीबीच गएराति भएको झडपमा एक प्यालेस्टिानी युवाको मृत्यु भएको छ ।प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र स्थानीय बासिन्दाले झडपमा परी २३ वर्षीय मोहमद एद्वानको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको बताएका छन् ।

स्थानीय बासिन्दाका अनुसार कालानदिया क्षेत्रमा मङ्गलबार बिहान सबेरै इजरायली सेनाले केही युवालाई पक्राउ गरेपछि ढुङ्गामुढा भएको थियो । 

 

इजरायली सेनाले भने कुफर आकाब क्षेत्रमा सुरक्षा कारबाहीको क्रममा दङ्गा भड्किएको एवं सेनामाथि ढुङ्गा र विस्फोटक पदार्थ फाल्न थालेपछि गोली चलाउनु परेको जनाएको छ । 

 

प्रतिक्रिया