सुत्नुअघि नुहाउदा स्वास्थ्यलाई पुग्छ यस्ता फाइदा

रिता घिसिंग

एजेन्सी : दिनभरको थकानपछि रातको समयमा राम्रो निन्द्रा निकै आवश्यक छ । तर धेरै थकानले पनि निद्रा खल्बलिन सक्छ । यस्तो अवस्थामा राम्रोसंग निद्रा चाहिन्छ। निद्रा कसरी राम्रो बनाउने, थाहा पाउनुस् । राती सुत्नुभन्दा एक घण्टा अघि नुहाउनुका धेरै फाइदा छन्।

१. राम्रो निन्द्रा पर्छ 

राती सुत्नुअघि नुहाउनाले दिनभरको थकानबाट ताजा महसुस हुन्छ र राम्रो निन्द्रा लाग्छ। नुहाउँदा यदि सुगन्धित तेल प्रयोग गर्ने हो भने त झन् राम्रोसंग निन्द्रा लाग्छ। साथै अलग हिसाबको शान्तिको अनुभव हुन्छ।

 

२. मोटोपना कम हुन्छ 

शरीरमा दुई खालको चिल्लो हुन्छ। पहिलो– ह्वाइट फ्याट, यो शरीरका लागि हानिकारक हुन्छ भने अर्को ब्राउन फ्याट शरीरका लागि फाइदाजनक हुन्छ । ह्वाइट फ्याट खानाबाट प्राप्त हुन्छ र शरीरको कयौं भागमा जम्मा हुन्छ।

 

३. छालामा आउँछ चमक 

छाला विशेषज्ञका अनुसार चिसो पानीले नुहाउनाले कपाल राम्रो हुन्छ र छाला चमकदार बन्छ । यदि तपाईं डन्डीफोरबाट पीडित हुनुहुन्छ भने चिसो पानीले नुहाउनुपर्छ ।

 

५. मुड फ्रेस हुन्छ

एक अध्ययनले नुहाउँदा मुड फ्रेस हुने देखाएको छ । अल्छीपना हटाउने यो सबैभन्दा राम्रो तरिका हो। चिसो पानीले नुहाउँदा मुटुको चाल बढ्छ र शरीरको रक्तसन्चार पनि बढ्छ ।

 

६. उच्च रक्तचापमा कमी

ज्वरो आएको समयमा तातोपानीले नुहाउँदा पसिना आउछ र शरीर चाँडै चिसो हुन्छ । तातोपानीले साइनस र रुघाबाट पनि आराम मिल्छ ।

प्रतिक्रिया