आज विश्व अटिजम दिवस: केहो अटिजम ? लक्षण र रोकथाम

रिता घिसिंग

चैत १९, काठमाडौँ : विश्व अटिजम दिवस मंगलबार विभिन्न सचेतना मुलक कार्यक्रम गरि मनाईँदैछ । सन् २००८ देखि अप्रिल २ तारिखमा यो दिवस मनाउने थालिएको हो ।

अटिजम मस्तिष्कको विशेष अवस्था रहेको र यसले व्यक्तिको सञ्चार गर्न सक्ने क्षमता र सामाजिक सम्बन्ध स्थापित गर्न बाधा पु¥याउने गरेको डाक्टरले बताएका छन् । विश्वका हरेक ६८ जना नवजात शिशुमध्ये १ जनामा अटिजम हुने तथ्यांक छ ।

 

अटिजम बालिका भन्दा बालकलाई हुने सम्भावना पाँच गुणाले बढि हुने देखिएको छ । बालबालिका दुई वर्षको हुँदा नै अटिजम भए–नभएको थाहा पाउन सकिने डाक्टरले बताएका छन् ।

 

बालबालिका खेलौनासँग नखेले, खेल्ने कुरा लाइन बनाएर राखे, एकोहोरो भए अटिजम भएको हुन सक्छ । अटिजम जन्मजात बच्चामा देखिने एक प्रकारको अपांगता हो । यो जीवनभरसम्म रहने गर्छ । अटिजम हुनुको कारण वंशाणुगत मानिए पनि यसको मुख्य कारण अझै पत्ता लागेको छैन ।

 

अटिजम भएका बालबालिकाको आवाज नआउने, बोलेको कुरा ठेगान नहुने, छिनछिनमा रुने, हाँस्ने, जिद्दी गर्ने लगायतका बानी हुने भए पनि यो मानसिक समस्या भने नभएको विज्ञले बताउने गरेका छन् ।

 

अटिजम भएका बालबालिकामा चकचक हुने वा निष्क्रिय हुने, आफैले केही गर्न नसक्ने, अरुसँग नखेल्ने, बोलाए पनि जवाफ नदिने, नसुनेको जस्तो गर्ने, कुनै काम राम्ररी गर्न नसक्ने, एउटै कुरा बारम्बार बोल्ने, घाउ भए पनि प्रतिक्रिया नदिने, हात खुट्टा चलाइरहने लगायतका समस्या हुन्छ । अभिभावकले आफ्नो बालबालिकाको अवस्था बुझ्नु पर्ने उनीहरुको सुझाव छ ।

 

अटिजम के हो?

अटिजम एक प्रकारको न्युरो डेभलोपमेन्ट डिसअर्डर हो। यसमा बालबालिकाहरु सामान्य बालबालिकासरह गतिबिधि देखाउन असक्षम हुन्छन् भने केही अस्वभाविक गतिविधि देखाउने गर्छन्। यसमा बच्चाको उमेरअनुसार हुनुपर्ने व्यावहारिक विकास, सामाजिक विकास अनि एकअर्कामा सञ्चार गर्ने क्षमताको विकास भएको पाइँदैन। 

 

छरछिमेकीले सल्लाह दिँदासमेत त्यस्तै हो मेरो पनि ढिलो बोलेको, ढिलो हिंडेको, अलिक पछाडि मात्र पढ्न थालेको जस्ता जवाफ दिने गर्छन्, जसले अटिजम भएको ढिलो पत्ता लाग्ने र समाधानमा  कठिनाइ आउने गर्छ।  

 

बालबालिकाको शारीरिक गतिविधिको प्रारम्भिक चरण भनेको दुई वर्षदेखि तीन वर्षलाई मानिन्छ। यसै उमेरमा उसले हातखुट्टाको प्रयोग गर्ने, साथिभाइहसँग इसाराले बोल्ने, शब्द र वाक्य प्रयोग गरेर बोल्ने अथवा सञ्चार गर्ने, साथीभाइ बनाउने मिलेर खेल्ने ईर्ष्या गर्ने गर्छन्। तर यदि नानीहरुमा सो प्रकृतिका क्रियाकलापहरु हामीले पाउन सकेनौं भने अन्य शारीरिक दुर्बलता हो या अटिजमको सिकार बनिरहेछ भनेर गहिरो चासो दिनु पर्छ।

 

अटिजमका लक्षण

बालबालिका दुईदेखि तीन वर्षको हुँदा अटिजमका लक्षण तथा चिह्न निगरानी गरिनुपर्छ। सामान्यतय: अटिजममा निम्नानुसारका लक्षण चिह्न तथा संकेत देखापर्छन्:

 

केहो अटिजम ? लक्षण र रोकथाम

 

– साथीभाइलाई धकेल्ने, कुटपिट  गर्ने

 – सिधा आँखा जुधाएर गफ गर्न नसक्ने

– रोइरहने

– एउटै खेलौनासँग धेरैबेरसम्म खेलिरहने

– कुनै क्रियाकलाप गर्दा एकोहोरिने

– आफूलाई चोटपटक लागेको थाहा नपाउने

– पढाइलेखाइमा ध्यान केन्द्रित नहुने

– अरुलाई हानि पुर्या उने गतिविधि गर्ने

– बोलेर आफ्ना कुराहरु व्यक्त गर्न नसक्ने

– मनमा लागेको कुरा भन्न नसक्ने

– साथीभाइसँग दोहोरो सञ्चार गर्न नसक्ने

 

अटिजम को प्रतसत कसरी कम गर्ने.?

अटिजम यही कारणले हुन्छ भन्ने यकिन तथ्य विज्ञहरुसँगै नै नरहे पनि जेनेटिकलाई प्रमुख कारण मान्नेहरु बहुमतमा छन्। यसको कुनै उपचारभन्दा पनि नानीहरू दुई वर्ष हुँदा अथवा उसमा शारीरिक क्रियाकलाप र सञ्चारका बारेमा अवलोकन र निदान नै यो समस्याको रोकथाम हो। 

 

साथै समयमा नै गरिने मनोवैज्ञानिक परामर्श, सामजिक परामर्श, बोलीमा समस्या भएकाहरुलाई स्पिच थेरापी, कम्युनिकेसन यसको प्रतिशत कम गर्ने उत्तम उपाय हुन्। विशेषगरी दुई वर्षसम्मको हुँदा बच्चाको निम्न कुरामा विकास भएको छैन भने ख्याल गर्नुपर्छ:

–  १८ महिनपछि पनि हिंड्न सक्दैन भने, 

–  दैनिक प्रयोग गर्ने सामान चलाउन सक्दैन भने, 

–  १८ महिना हुँदा पनि कम्तीमा ६ शब्द प्रयोग गर्न सक्दैन भने,

–  २४ महिनाको हुँदा २ शब्द जोडेर हरफ बनाउन सक्दैन भने, 

–  बोली वा ठूलोले गर्ने कार्य नक्कल गर्दैन भने, 

–  सरल कुरा गर भन्दा पनि बुझ्दैन/गर्दैन भने,

–  पहिला सिकेको कुरा बिर्सिंदै जान्छ भने, 

 

ती वर्षको हुँदा

–  आफ्नो परिवारभन्दा बाहिरको मान्छेसँग घुलमिल गर्दैन भने, 

–  अरु बच्चाहरुसँग खेल्दैन भने, 

–  अरुसँग आँखा जुधाउन सक्दैन भने, 

–  बल फ्याँक्न सक्दैन वा उफ्रिन सक्दैन भने, 

–  २ खुट्टाले १-१ गरी सिंढी चढ्न सक्दैन भने, 

–  लेख्न सक्दैन भने, 

–  बोल्दा १ हरफमा ३ वटाभन्दा बढी शब्द प्रयोग गर्न सक्दैन भने, 

–  हरफ पूरा गर्न सक्दैन, बीचमा अड्किन्छ भने,   

–  बोली प्रस्ट छैन भने, बाहिरको मान्छेले बोली बुझ्दैनन भने, 

– दिनहुँ गरिने सामान्य कार्य आफैं गर्न सक्दैन जस्तै: लुगा लगाउने, सुत्न जाने

– पहिले सिकेको कला बिर्सिंदै गयो भने।

 

प्रतिक्रिया