पिएनपिखबर : सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा न ३ स्थित ६५ बर्षिय मान बहादुर तामाङ्गका २० बर्षिय छोरा आशाराम तामाङ्ग र श्रीमती ठुली माया तामाङ्ग मनोरोगी छन्। श्रीमती बिगत २५ बर्षदेखि मनोरोगीको औषधि सेवन गर्दै आइरहेकी छिन्। जंगलको छेउमै रहेको उनको घर नजिक कुनै घर पनि छैन। बिगत २०७२ सालको महाभुकम्पपछि ज्याला मजदुरी गरेर कमाएर ल्याउने छोराको यस्तो हालत देखि उनि चिन्तित छन्।
उनले काठमाडौँको अस्पतालहरुमा पनि छोरा आशारामको उपचार गराउदा डाक्टरले सामान्य हो भनेर घर फिर्ता पठाए। भुकम्पमा आएको राहत रकम पनि उनैलाई उपचार गरेर सकेको बुबा मान बहादुर बताउछन्। जंगल छेउमा रहेको बारीमा उत्पादन हुने अन्नबाली उत्पादन पनि जंगली जनावरबाट जोगाउन मुस्किल पर्छ। जसो तसो ६ महिना पुग्छ। ज्याला गरेर खानु पर्ने उनि आफै मनोरोगी छोराको कुटाईका कारण अहिले घाइते छन्। उनलाई हिडडुलसमेत गर्न मुस्किल पर्छ।
बुबा आमालाई पाल्नु पर्ने छोरा आफै दिनभरि गाउ डुलेर राति भएपछि आमा बुबालाई कुट्न थाल्छन। कतिखेर छोराको कुटाईबाट मर्ने हो भन्ने चिन्ताले मान बहादुरलाई सताई रहन्छ।
भुकम्पको राहत रकम पनि छोरालाई उपचार गरेर सकेपछि जिर्ण घरमा बसोबास गर्दै आएका तामाङ्ग परिवारलाई घुम्ती टोलिले १ कोठाको घर बनाई दिएका छन् । तर नया घरमा झ्याल ढोका हाल्न नसकेपछि त्यहि जिर्ण घरमै बसोबास गरिरहेका छन्। दिन प्रति दिन आशारामको व्यवहार परिवर्तन हुँदै गएपछि गाउँकै समाजसेवी कृष्ण तामाङ्गलाई उनका पिताले हारगुहार गरे। अहिले उनको परिवारको लागि कृष्ण सहयोग संकलनमा जुटेका छन्। आशारामको थप उपचारको लागि पिएनपिमिडियाको पहलमा काठमाडौँ ल्याइएको छ। हाल उनी कपनस्थित एक सुधार केन्द्रमा छन्। भर्खर २० टेकेका उनको जीवनमा युवा जोश जागर छ। ठिक भएको खण्डमा उनले आफ्नो परिवारलाई मात्र नभएर पुरा राष्ट्रलाई नै योगदान नदेलान् भन्न सकिन्न।
उनको उपचारको लागि केहि खर्च त अवस्य जुटेको छ नै। तर त्यति रकम उनको उपचारको लागि पर्याप्त छैन। दर्शकबृन्दहरु सेवा नै धर्म हो मनिसको चोला, कती बेर कस्लाई कस्तो अवस्थामा लान्छ कसैलाई थाहा हुन्न। भनिन्छ मन्दिर ,मस्जिद, चर्चा वा गुम्बा जहाँ धाउनुस् तर एक मानबको कल्याण जती धर्म कही भेटिन्न। तसर्थ आशारमको उपचारको लागि आर्थिक सहयोगको लागि अनुरोध गर्दछौ।
तपाईहरुको सानो सहयोगले २० बर्षिय युवाले नया जीवन पाउनुको साथै यी आमा बुबा मुहारमा खुसि ल्याउन सक्छ। जति पनि सहयोगी मनहरुले यो भिडियो हेरिरहनु भएको छ कृपया सहयोगको लागि समाजसेवी कृष्ण तामाङ: ९८५१११६५३१, शर्मिला गुरुङ्ग: ९८८०३९६४५२ ,मनोज खड्का: ९८६०३०१४९० र हाम्रो पिएनपि खबरको पेजमा पनि सम्पर्क गर्नसक्नुहुनेछ।
हेर्नुहोस भिडियो :