पिएनपिखबर : सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ३ का कान्छी माया तामाङ्ग स्तन क्यान्सरले थलिएकी छिन। आर्थिक अभाबकै कारण सुरुवातमा उपचारको लागि अस्पताल पुर्याउन नसक्दा घाउमा किरा परेको थियो। उनको परिवारमा श्रीमान ५६ बर्षिय खाता तामाङ्ग र छोरी चरिमाया तामाङ्ग छन्। आमा स्तन क्यान्सरले थालिएपछि छोरीले बिचमै पढाई छोडेकी छिन।
६५ बर्षिय आमाको घाउमा किरा पर्न थालेपछि समाजसेवी कृष्ण तामाङ्गकै सहयोगमा भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गरि अहिले कान्छी माया घर फर्किएकी छिन। तर उनको घाउ अझै पुरा रुपमा निको भएको भने छैन।
घरमा कमाएर ल्याउने कोहि नभएपछि १५ बर्षिय छोरीले एक दिन बराबर २५० रुपैयाँ ज्यालामा काम गरेर अहिले परिवार धानीरहेका छन्। पढ्ने रहर हुदा हुदै पनि उनले आमाको स्याहार गर्नका लागि पढाई छोडेको चरिमाया बताउछिन।
चरिमायाको घर हुदै जाने क्रममा समाजसेवी कृष्णले आमाको शरीरबाट पिप र किरा झरी रहेको देखेर आफ्नो मन सम्हाल्न सकेन। उनले कान्छी माया बचाऊ अभियान नै चलाएर आएको सहयोग मार्फत क्यान्सर अस्पतालमा उपचार त गरेका छन्। तर उनको छोरी भने पढ्ने उमेरमा घरको दुइ छाक टार्नका लागि ज्याला मजदुरी गर्न बाध्य छिन।
तपाईहरुकै साथ सहयोग प्राप्त भएमा भर्खर १६ टेकेका चरिमायाले आफ्नो भविष्य शिक्षाको उज्यालोले उज्ज्वल बनाउन सफल हुनेछिन। दैनिक रु २५० को लागि मेलापात धाउनु पर्दैन।
आमाको उपचारको लागि केहि खर्च त अवस्य जुटेको छ नै। तर चरिमायाको पढाईको लागि भने रकम उठेको छैन। दर्शकबृन्दहरु सेवा नै धर्म हो मानिसको चोला, कती बेर कस्लाई कस्तो अवस्थामा लान्छ कसैलाई थाहा हुन्न। भनिन्छ मन्दिर ,मस्जिद, चर्चा वा गुम्बा जहाँ धाउनुस् तर एक मानबको कल्याण जती धर्म कही भेटिन्न। तसर्थ चरिमायाको उपचारको लागि आर्थिक सहयोगको लागि अनुरोध गर्दछौ।
तपाईहरुको सानो सहयोगले १५ बर्षिय किशोरीले नया जीवन पाउनुको साथै यी आमा बुबा मुहारमा खुसि ल्याउन सक्छ। जति पनि सहयोगी मनहरुले यो भिडियो हेरिरहनु भएको छ कृपया सहयोगको लागि समाजसेवी कृष्ण तामाङ: ९८५१११६५३१, शर्मिला गुरुङ्ग: ९८८०३९६४५२ ,मनोज खड्का: ९८६०३०१४९० र हाम्रो पिएनपि खबरको पेजमा पनि सम्पर्क गर्नसक्नुहुनेछ।
हेर्नुहोस भिडियो :