जब रुप बदलेर खुल्ला बजारमा निस्किन दिपिका, फ्यानलाई भयो चिन्नै मुस्किल [फोटो फिचर]

मनिषा थापा

पिएनपिखबर : दिपिका पादुकोणको अपकमिङ्ग फिल्म ‘छपाक’को दोस्रो लुक पनि सार्वजनिक भएको छ।  उक्त तस्बिर देख्नेहरुले दिपिकाको अनुहार चिन्न नै मुस्किल भएको प्रतिक्रिया दिईरहेका छन् ।

तस्बिरमा दिपिकाले साधारण पहेलो रंगको कुर्ता लगाएकी छिन्। नजिकबाट खिचिएको तस्विरमा दिपिकाको मेकअप निकै आकर्षक देखिएको छ।

दिपिका कयौ दिन देखि दिल्लीमा छिन् र फिल्मको शुटिंग गरिरहेकी छिन्। दीपिका पादुकोणको केहि दिन अघि यस फिल्मको पोस्टर सामाजिक संजालमा सार्वजनिक गरिएको थियो। विवाह पछि दिपिकाको ‘छपाक’ पहिलो फिल्म हो। यस फिल्ममा दिपिकाले एसिड आक्रमण पिडित लक्ष्मीको भूमिका निभाउने भएकी छिन। फिल्मको निर्देशन मेघना गुलजारले गरिरहेका छन्।

मेघना गुलजारको निर्देशनमा बनिरहेको ‘छपाक’बाट लक्ष्मी अग्रवाल लगातार चर्चामा छिन्। लक्ष्मी अग्रवाल एक एसिड पीड़ित हुन्। उनकै कथामा फिल्म आधारित छ।

२२ अप्रिल २००५ मा जब लक्ष्मी अग्रवाल १५ वर्षकी थिइन् तब उनी माथि एक युवकले एसिड आक्रमण गरेका थिए। उक्त युवकको विवाह प्रस्ताब अस्विकार गरेपछि लक्ष्मीको अनुहारमा तेजाब हालिदिएका थिए। उनै लक्ष्मी अग्रवालको जिन्दगीमा आधारित छपाक १० जनावरी २०२० मा रिलिज हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू