काठमाडौं : शुक्रवार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रवारको लागि छापावाल सुनको भाउ ५९ हजार ५ सय रुपैयाँ कायम गरेको छ । तेजाबी सुन ५९ हजार २ सय कायम गरेको छ ।
बिहीवार छापावाल सुनको ५९ हजार ४ सय र तेजाबी सुनको भाउ ५८ हजार ९ सय रुपैयाँ थियो ।
चाँदी ७ सय ५० रुपैयाँ रहेको छ । यसअघि बिहीवार चाँदी भने सोही मूल्यमा कारोबार भएको थियो ।