“एन्टिना”को निर्देशनमा शुभमुर्हुतसँगै ‘संस्कार’को छायांकन धमाधम

शर्मिला गुरुङ

काठमाडौँ, २२ चैत : विद्यालय, विद्यार्थी र अभिभावक वर्गलाइ लक्षित गरेर निर्माण हुँदै गरेको शैक्षिक डकुमेन्ट्री फिल्म संस्कारको शुभ मुहुर्त सँगसँगै छायांकन समेत सुरु भएको छ। काठमाडौँको मातातिर्थस्थित गुरु नर नारायण बाबा आश्रममा बिहीवार पुजाआजा सहित शुभमुहुर्त सम्पन्न गरिएको थियो।

आफ्ना बाल बच्चालाई तोतेबोली बोल्ने बेलादेखि नै असल संस्कार सिकाउन सकियो भने मात्र भविष्यमा गएर असल मान्छे बन्न सक्दछ भन्ने कुरालाइ विशेष उठाउन खोजिएको यस डकुमेन्ट्रीलाई शिक्षासेविहरु महेश्वर नेपाल, निर्मल पौडेल, सुरेन्द्र न्यौपाने र इन्द्र कार्कीले निर्माण गर्न लागेका हुन।

रामकृष्ण कंडेलले छायांकन गरेको यस फिल्ममा महेन्द्र मैनाली, योगिशा खत्री, मन्जु श्रेष्ठ, रागिना बलामी, नवीन गिरि, अस्नम राना, सत्यदेवी थापा, चन्दा लिम्बु, महेश्वर नेपाल लगायतको अभिनय रहेनछ भने उक्त डकुमेन्ट्रीलाई घनश्याम “एन्टिना”ले निर्देशन गरेका छन। यो “एन्टिना”को १९ औं शैक्षिक फिल्म हो।

प्रतिक्रिया