एभर ग्रीन ग्रुप, बेजिङ्गस्टोक द्वारा नेपाल स्नेही काख र NTA लाई सहयोग प्रदान [भिडियो र फोटो सहित]

शर्मिला गुरुङ

ललितपुर, २४ चैत : “एभर ग्रीन ग्रुप”, “बेजिङ्गस्टोक यू के” ले २०१२ बाट वर्षेनी आयोजना गर्दै आएको ‘भ्यालेन्टाईन च्यारिटी डिनर (VCD) २०१९’ यो पटक गत फेब्रुअरी ९ तारीखका दिन प्यालेस रेस्टुरेन्ट, अलडरशट, यू केमा आयोजना गरेको थियो।

बेजिङ्गस्टोक बस्ने १० जोडीहरु मेजर खुसिमान र ईन्द्र (उर्मिला गुरुङ्ग), ज्ञान गुरुङ र मिठु गुरुङ्ग, क्याप्टेन ईन्द्र र सुशिला गुरुङ्ग, क्याप्टेन अशोक र रमन सेन, बल र सुनिता थापा, कमल र पूनम गुरुङ्ग, मैतसिङ्ग र ज्योती गुरुङ्ग, बिजय र चन्द्र गुरुङ्ग, अर्जुन र सुनिता लम्साल र लाल प्रसाद गुरुङ्ग र सुधा गुरुङ्ग )का समूहले २०१२ देखि भ्यालेन्टाइन च्यारिटी डिनर आयोजना गरि नेपालमा रहेका विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएका छन।

उक्त कार्यक्रमको अवसरमा नेपाल स्नेही काखकी संस्थापक अध्यक्ष श्रीनेहा पोखरेलले एभर ग्रीन ग्रुपकी सदस्य सुधा गुरुङका लागि जन्मदिनको अनपेक्षित केक काटेर खुशी बाडेकी थिइन्।

सो कार्यक्रममा संकलित रकम मध्य रु एक लाख शिव कल्चरल मन्दिर, अल्डरशट, यू केलाई मन्दिर प्रांगणमै एक समारोहकाबीच ई जी जी सदस्यहरुले प्रदान गरि सकेका छन।

त्यस्तै दोश्रो फेजको रकम हस्तान्तरण हालै कुसुन्ती हाईटमा अवस्थित नेपाल स्नेही काखमा आयोजित एक समारोहमा बेलायतबाट नेपाल बिदामा आएका एभर ग्रीन ग्रुप सदस्यद्वय लाल प्रसाद गुरुङ र सुधा गुरुङले नेपाल स्नेही काख कि संस्थापक अध्यक्ष श्रीनेहा पोखरेललाई रु २,२६,५०० प्रदान गरेका छन । 

सो भि सि डी कार्यक्रममा ई जी जी ले पावर प्वोन्टमा देखाएको प्रेजेन्टेशनबाट प्रभावित भएर थप डोनेशन दिने दाताहरुको जमात पनि ठुलै रहेको कुरा सुधा गुरुङले बताइन।

जसमा एक मुष्ठ ठूलो धनराशी प्रदान गर्ने दम्पती तमु धी यूके का उपाध्यक्ष हरी गुरुङ र संध्या गुरुङ रहेको साथै फ्लोरबाट विभिन्न टेबल र ईन्डिभिजुअल ब्यक्तीबाट प्रदान गरिएको थप रकम रु २६,००० सहित कुल रु २ लाख २६ हजार ५ सय हुन गएको कुरा उनले बताईन।

 

कार्यक्रममा श्रीनेहाले सो रकम नेपाल स्नेही काखको आफ्नै घर निर्माण गर्न जग्गा खरिदका लागि जम्मा गर्ने योजना रहेको कुरा बताउदै यो सहृदयता र साथको लागि हार्दिक कृतज्ञता ज्ञापन गरिन।

सोही अवसरमा गुरुङ दम्पतीले नेप्लीज ताय क्वोन दो एकेडेमी (NTA)का संस्थापक मास्टर अशोक खड्कालाई रु दुई लाखको चेक हस्तान्तरण गरे।

सो रकम मध्ये रु एक लाख पचास हजार ई जी जी को भ्यालेन्टाइन च्यारिटी बाट र थप पचास हजार रुपैयाँ ई जी जी सदस्य एवम Zen Martial Academy, Uk का सिनिएर ते क्वोन दो गुरु बल थापाले प्रदान गरेका हुन।

सो रकमबाट एन टी ए का एक जना खेलाडीलाई एक वर्षका लागि सम्पूर्ण खर्च बोहोर्ने गरि स्पोन्सर गरिने कुरा मास्टर खड्काले बताए। एन टी ए मा आगामी नयाँ वर्ष देखि चार जना खेलाडीलाई स्कुलिङ्ग र आवासको निशुल्क सुबिधा सहित ते क्वोन दो को नियमित प्रशिक्षण दिईने कुरा बताए। भविष्यमा ओलम्पिकका लागि नेपालबाट प्रतिनिधित्व गराउने खेलाडीको उत्पादन गराउने हेतुले सो कन्सेप्ट राखिएको कुरा पनि खड्काले बताए।

सो का लागि बाँकी ३ जना खेलाडीको स्पन्सर मध्ये क्रमश: जेन मार्शल आर्टस एकेडेमी, यू के का फाउन्डर प्रेसिडेन्ट ग्रान्ड मास्टर्स ईन्द्र गुरुङले एक, साथै अमेरिका र क्यानडाका ते क्वोन दो गुरुहरुले एक एक खेलाडी स्पन्सर गर्ने तय भएको कुरा पनि खड्काले बताए।

सो कार्यक्रममा बि एफ बि एस गोर्खा रेडियोका कार्यक्रम निर्देशक बिनोदध्वज खडका र उनकी धर्मपत्नी समृद्धी खड्का पनि उपस्थित थिए। अब तेश्रो चरणको सहयोग रकम रु १ लाख ४१ हजार ५ सय रुपैया पोखरा को कुडहर आधारभूत स्कुल को दृष्टीबिहिन शाखालाई प्रदान गरिने कुरा कुरा पनि गुरुङ्गले बताईन।

एभर ग्रीन ग्रुपले भि सी डी को आयोजना गरि २०१२ बाट हालसम्म तीस लाख भन्दा बढी रकम स्वदेशका विभिन्न संघ संस्थालाई प्रदान गरिसकेका छन। 

हालसम्म ई जी जी बेजिङ्गस्टोकले नेपालमा दिलशोभा श्रेष्ठको आमाघर, लब प्रसाद बाल गृह मुलपानी, बुंगमती अपांग सेवा संघ, रक्षा नेपाल, नेपाल ते क्वोन दो एकेडेमी डाछी, तमु बौद्ध अर्घौ सदन पोखरा, सहारा एकेडेमी पोखरा, तमु प्रतिष्ठान नेपाल, धर्मकाया बुद्ध मन्डला पोखरा, चार भन्ज्याङ्ग समाज, एकल महिला संघ पोखरा, सरीता गुरुङ्ग फाइन्डेशन, शिव कल्चरल मन्दीर अल्डरशट लगायत का थुप्रै संस्थाहरुलाइ सहयोग पुराइसकेको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया