आकाशमा एकसाथ उडे आमाछोरी…

मनिषा थापा

एजेन्सी : आमा छोरीले सँगै ककपिटमा बसेर एउटै विमान उडाए भन्दा तपाईंहरूलाई अचम्म लाग्न सक्छ। तर, यो सत्य हो, अमेरिका आमा छोरीले सँगै ककपिटमा बसेर विमान उडाएका हुन्। अमेरिकाको लसएन्जल अन्तर्राष्ट्रियस्थलबाट उडान भरेको डेल्टा विमान आमा–छोरीले उडाएका थिए।

आमाछोरीले सँगै विमान उडाएको भन्ने थाहा पाएपछि यात्रु दंग परेका थिए। विमानले लसएन्जलबाट अटलान्टाका लागि उडान भरेको हो। एटलान्टा बाउन्ड डेल्टा बोइङ ७५७ को फ्लाइटको पाइलटको सिटमा बसेको आमा र छोरीको एउटा फोटो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरहल बनेको छ।आमा वेन्डी रेक्सन क्याप्टेन हुन् भने छोरी फस्ट अफिसर हुन्।

डेल्टा फ्लाइटले ‘आमा–छोरी फेमिली फ्लाइटमा क्रु सदस्यको परिवारको लक्ष्य’ लेख्दै आफ्नो आधिकारिक ट्विटर हेण्डेलमा ट्विट गरेको छ।

आमा–छोरीले विमान उडाएको तस्विर सामाजिक सञ्जालमा एम्ब्री–रिडल वर्ल्डइड चान्सलर जान आर वेट्रटले पोस्ट गरेका हुन्। उनले नै दुवै जनाको उक्त तस्विर खिचेका थिए। प्रेस विज्ञप्तिअनुसार उनी उक्त विमानमा यात्रारत थिए र ककपिटमा आमा–छोरीको कुराकानी सुनेका थिए। पछि उनले आमा–छोरीसँग भेट पनि गरे

प्रतिक्रिया

सम्बन्धित समाचारहरू