घाँटीमा एक टुक्रा स्याउ अड्किदा बर्बाद भयो यी २२ महिने बालकको जीवन

रिता घिसिंग

एजेन्सी : न्यूजिल्याण्डमा स्याउको एक टुक्राले २२ महिनाका एक बालकको जीवन बर्बाद गरिदिएको छ । ती बालकलाई स्याउको टुक्रा खान दिइएको थियो तर त्यो टुक्रा उनको घाँटीमा अड्कियो । ३० मिनेटसम्म उनलाई कार्डिएक अरेस्ट भयो र बालक सिभियल सेरेब्रल पाल्सी नामक स्वासथ्य समस्याको शिकार बने । न्यूजिल्याण्ड हेराल्डको समाचारमा उल्लेख भएअनुसार यो दुर्घटनापछि अढाइ महिना अस्पतालमा बसेर उपचार गराउँदा पनि उनी आफ्नो खुट्टामा उभिन, बोल्न, खान र शरीर चलाउन पनि असमर्थ छन् । यसको पछाडि उनलाई राखिएको पूर्वप्राथमिक स्कुलका स्टाफसँग खाने कुराको सुरक्षा र प्राथमिक उपचारको तालिम नहुनु जिम्मेवार मानिएको छ ।

यो दुर्घटना रोटोरुआको लिटिल लाइट्स किंडीमा मे २०१६ मा भएको थियो, जसको घटना विवरण अहिले अर्ली चाइल्डहुड एजुकेशनल नेशनल नेटवर्कको एक रिपोर्टमा प्रकाशित भएको छ । त्यतिबेला नेहाना रेनाटा नामका ती बालकको उमेर २२ महिना थियो । नर्सरीको किचका उनीसहित सबै बालबालिकाको लागि स्याउ काटिएको थियो । बालबालिकाहरुलाई स्याउका साना साना टुक्रा खानको लागि दिइएको थियो । त्यही बेला एक शिक्षकले ख्याल गरे कि नेहानाले स्याउको टुक्रा गलत तरिकाले निले र त्यो उनको घाँटीमा अड्कियो । शिक्षकहरुले स्याउको टुक्रा निकाल्ने कोसिस गरे तर स्याउसँगै उनको घाँटीबाट रगत निस्कन थाल्यो र बालक बेहोस भए ।

बालकको छालाको रंग पनि बदलिँदै थियो । यो देखेर शिक्षकहरुले तत्काल एम्बुलेन्सलाई फोन गरे र उनलाई अस्पताल लिएर गए । उनलाई ३० मिनेटसम्म कार्डिएक अरेस्ट भएको थियो । उनको दिमागमा अक्सिजको आपूर्ति भएको थिएन । डाक्टरले उनलाई दुई हप्तासम्म आइसीयूमा राखे । त्यसपछि करिब २ महिनासम्म उनको उपचार गरियो । तर, उनी पूरै पक्षघातले ग्रस्त भए । अहिले उनकी आमाले आफ्नो जागिर छाडेर बालकको हेरचाह गरेर बस्नुपरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू