अल्सरबाट बच्न अपनाउनुहोस् यी उपाय

रिता घिसिंग

पेटको अल्सर पाचन प्रणालीसँग जोडिएको एक एउटा रोग हो । जुन समस्याको समयमै उपचार भएन भने खतनाक सावित हुन्छ । उक्त रोग लाग्दा आन्द्राको भागमा घाउँ वा प्वाल हुन्छ, खास यो रोग पेटमा अम्ल बढ्नाले धुम्रपान एवम् नसायुक्त पदार्थको सेवनले अत्यधिक स्टिरोयड्सको सेवनले, अनुवांशिक कारण र अत्यधिक तनावका कारण लाग्दछ । जसबाट पाइलोरी नामक जीवाणुले संक्रमण गरी पेटमा अल्सर हुन्छ ।

पेटको अल्‍सरबाट धेरै मानिसहरु पिडित भएका यस्तो समस्यालाई समधान गर्नको लागी आज हामी केहि आयुर्वेदिक उपचार पद्धतिको बारेमा बताउँदैछौं, जसको सेवन गर्नाले बिना साइडइफेक्ट अल्सरको समाधान हुनेछ भने अल्सर हुनबाट पनि बचाउँछ ।

१. मह
एक वा २ चम्चा शुद्ध मह दैनिक रुपमा एक चोटि सेवन गर्नाले पेटको आन्द्रामा भएको घाउलाई निको पार्नको लागी यसले मलमको रुपमा काम गर्दछ । जसको कारणले अल्सर भएको छिट्टै निको हुन्छ ।

२.बन्दागोबी
आधा जति बन्दागोबीको पत्तालाई सानो सानो काटेर मिक्चरमा पिसेर रस निकाली सुत्नु भन्दा पहिले सेवन गर्नाले पनि पेटको अल्सर निको बनाउन निकै सघाउँछ ।

२.मेथी पानी
१ गिलास पानीमा १ सानो चम्चा मेथीको दाना वा पिसेको धुलो हालेर उमालेर सेलाएपछि छानेर थारै मह मिलाएर दैनिक २ चोटी पिउने गर्नुहोस्, निकै राहत मिल्छ ।

३.केरा
यसमा एन्टीब्याक्टेरियल तत्व हुन्छ, जसले पेटमा अल्सर बढ्नको लागी रोक्ने गर्दछ । यसलाई दैनिक ब्रेकफास्टमा खाँदा निकै फाइदा हुन्छ ।

४.नरिवलको तेल
नरिवल एक प्राकृतिक सामग्री हो, जसले पेटमा भएका केहि समस्या तथा रोगलाई निको बनाउँछ । यसमा एन्टीब्याक्टेरियल गुण पनि हुन्छ जसको कारणले पेटमा पैदा हुने अल्सरको ब्याक्टेरियालाई नष्ट गरी अल्सर हुन दिदैन् । त्यस्तै एलोवेराको जुस पनि निकै उपयोगी औषधी हो ।

प्रतिक्रिया