नयाँ मान्छे देख्ने बित्तिकै तर्सिन्छिन बलात्कृत ५ बर्षिय बालिका, बाबुले रुदै खुलासा गरे सबै कुरा (भिडियोसहित)

रिता घिसिंग

पिएनपीखबर : दाङमा चैत ५ गते ५ बर्षिय बालिका २३ बर्षिय युवाबाट बलात्कृत भएकी छिन। अपराधी गडवा गाउपालिका वडा ८ निवासी दुर्गेस थापा हुन्। बलात्कारको मुख्य आरोपी फरार छन् भने उनी सँगै आएको अर्को व्यक्तिलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

बालिकाकी आमाले घोराही जाने काम परेर छोरीलाई मामाघर लगेर राखेका थिए । सोहि दिन दुई जना व्यक्ति नागरिकता बनाउनको लागि ३ दिनको लागि बास माग्न आएको बालिकाकी हजुरआमाले बताए।

आरोपीले बालिकालाई १० रुपैया दिएर चकलेट किन्न लगाई फर्किने समयमा बालिकालाई जवर्जस्ती उठाएर खोला पारी एकान्त ठाउँमा लगेर बलात्कार गरेका हुन्। त्यसैबखत बालिकाका आमा छोरीलाई खोज्न हिडेकी थिइन्। छोरी चिच्याएको आवाज सुनि आमा घटनास्थल पुग्दा छोरी रगताम्य अवस्थामा भेटिएकी हुन् भने अपराधी घटनास्थलबाट भागी सकेका थिए।

रगताम्य अवस्थामा रहेकी बालिकालाई खोलाबाट ल्याएर उनका मामाले आफै अस्पातल पुर्याएका थिए। उनका पिता आफ्नो जिविकोपार्जन गर्नका लागि ज्याला मजदुरी गर्न घोराही गएका थिए। अस्पतालमा छोरीलाई भेट्न जाँदा छोरी रगताम्य अवस्थामा थिइन्। आर्थिक स्थिति कमजोर भएका कारण बालिकाको उपचारका लागि गाउमा चन्दा उठाएर गराएका हुन्।

अपराधी अत्यधिक मादकपदार्थ पिउने गर्थे। समयमै बालिकाको खोजि गरेका कारण बालिकाको ज्यान जोगिएको गाउपालिकाका वडा अधक्ष्य बताउछन्। प्रहरीहरुले अपराधीको खोजि गरिरहेका छन्। भने बालिकाको परिवारले अपराधीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने जनाएका छन्।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया