काँचो केरा सेवनले नियन्त्रण गर्छ मधुमेह ,पाचन पक्रियालाई राम्रो बनाउँछ

रिता घिसिंग

एजेन्सी : पाकेको केरा खाँदा हुने फाइदा बारे प्रायः सबैलाई थाहा छ । सोही अनुसार हामी नियमित केरा सेवन पनि गर्ने गर्छौं । पाकेको मात्रै होइन काँचो केरा पनि मानव स्वास्थ्यका लागि उत्तिकै फाइदाजनक हुने विभिन्न अध्ययनले देखाएको छ ।

काँचो केरा खानै परे पनि हामी तरकारी वा कोप्ता बनाएर खाने गर्छौं । तर, काँचो केरा पोटाशियमको खजाना हो । जसले रोगप्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ । साथै शरीरलाई पनि दिनभर सक्रिय बनाइ राख्छ । काँचो केरामा पाइने भिटामिन बी–६, भिटामिन सीले कोषहरूलाई पोषण दिन्छ ।

काँचो केरामा स्वास्थबर्धक ‘स्टर्च’ हुन्छ र साथै एन्टी–अक्सीडेन्ट्स पनि पाइन्छ । त्यसैले दैनिक रुपमा एक कोसा काँचो केरा खानु स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ ।

काँचो केरा खानुका फाइदाहरू :
तौल घटाउन सहयोगी :
तौल घटाउन चाहनेहरूले दैनिक एक कोसा काँचो केरा खानु राम्रो हुन्छ । यसमा पर्याप्त मात्रामा फाइबर पाइन्छ । जसले अनावश्यक बोसोलाई हटाई शरीरमा भएको बिकारयुक्त पदार्थलाई पनि सफा गर्छ । कब्जियतमा

आराम :
काँचो केरामा फाइबर र स्वास्थवर्धक स्टर्च पाइन्छ । जसले आन्द्रामा कुनै पनि प्रकारको विकारयुक्त पदार्थलाई जम्मा हुन दिदैँन । त्यसैले कब्जियतको समस्या भए काँचो केरा खानु लाभदायक हुन्छ ।

भोक लाग्न दिदैँन :
काँचो केरामा पाईने फाइबर र अन्य पोषक तत्वले भोकलाई नियन्त्रण गर्छ । काँचो केरा खानाले बेला–बेलामा लागि रहने भोक हराएर जान्छ ।

मधुमेहलाई नियन्त्रण गर्छ :
मधुमेहको शुरुवाती क्रममा नै काँचो केरा खान थाल्नु भयो भने मधुमेह नियन्त्रणमा रहन्छ ।

पाचन पक्रियालाई राम्रो बनाउँछ :
काँचो केरा नियमित खानाले पाचन पक्रिया राम्रो बन्छ । काँचो केरा खानाले पाचन प्रक्रियामा सहभागि पाचनझोललाई सक्रिय बनाइराख्छ । यसबाहेक काँचो केरा खानाले अनेक प्रकारका क्यान्सरबाट पनि बचाउनमा सहयोगी हुन्छ । काँचो केरामा पाइने क्याल्शियमले हड्डीलाई बलियो बनाउने काम पनि गर्छ ।

प्रतिक्रिया