कपडाको बिषयमा ट्रोल बनाउनेलाई जाह्वनीले दिए यस्तो जवाफ : दैनिक कपडा फेर्ने पैसा कमाउन सकेको छैन

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेत्रीजाह्नवी कपुर कयौं पटक विभिन्न कारणले ट्रोल्र्सको सिकार भइसकेकी छिन। कयौं पटक त कपडाका कारण पनि उनलाई समाजिक संजालमा ट्रोल गर्ने गरिएको छ। आफूलाई ट्रोल गर्नेलाई जाह्नवीले कडा जवाफ पनि दिएकी छन्। केही दिन अगाडि जाह्नवी एउटा च्याट शोमा सहभागी भएकी थिइन्। उक्त सोमा उनले आफूलाई ट्रोल गर्नेलाई जवाफ दिँदै भनेकी थिइन्, ‘यति धेरै पैसा पनि कमाएकी छैन की सधैं फरक फरक कपडा किन्न पुगोस्।’

उक्त शोमा जाह्नवीले भनिन्, ‘एउटै कपडा फेरि लगाउँदा मलाइ कुनै लाज लाग्दैन। मेरो कपडालाई लिएर ट्रोल गर्दा मलाइ कुनै फरक पर्दैन। म सबैलाई खुशी दिन पनि सक्दिन।’ उनले अगाडि भनिन्, ‘मेरो कामलाई लिएर कसैले आलोचना गर्यो भने म त्यसलाई गम्भीर रुपमा लिन्छु। तर जिम बाहिर लुक्सलाई मेन्टेन राख्नु मेरो काम होइन।’

आफ्नी आमाका विषयमा उनले भनिन्, ‘मेरी आमा भन्नुहुन्थ्यो धेरै नसोच्नु, आफ्नो काममा ध्यान दिनु, पूरा मेहनत र इमान्दारितासँग काम गर्नु।’
जाह्नवीले केही दिन अगाडि दिएको एक अन्तर्वातामा आफ्नो बहिनीका विषयमा कुरा गर्दै खुशीको इच्छा मोडलिङमा भएको र उनी अभिनेत्री बन्न चाहेको बताइन्। जाह्वनी चाँडै न्युयोर्क फिल्म एकेडेमीमा भर्ना हुने पनि जनाइन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू