अभिनेत्री सारा अली खानविरुद्ध मुद्दा दर्ता

मनिषा थापा

एजेन्सी : बलिउड नायक सेफ अली खान र नायिका अमृता सिंहकी छोरी सारा अली खान कानूनी समस्यामा फसेकी छिन् । हेलमेट नलगाई बाइक पछाडि बसेको भिडियो सोसल मिडियामा चर्चित भएपछि उनी समस्यामा परेकी हुन् ।

उक्त भिडियोमा देखिएअनुसार सारा नायक कार्तिक आर्यनसँग बाइकमा बसेकी छिन् र उनले हेलमेल लगाएकी छैनन् । भारतीय कानून अनुसार बाइक चलाउने र सवार दुबैले हेलमेट लगाउनुपर्छ ।

हेलमेट नलगाएका कारण सारालाई सोसल मिडियामा ट्रोल गरिएको छ । यो मामला यति चर्चित बन्यो कि यो पुलिससम्म पुग्यो । साराविरुद्ध पुलिसमा मुद्दा दर्ता गरिएको छ ।दिल्ली पुलिसले मंगलबार दिल्लीको सडकमा साराले बाइकमा हेलमेट बिना घुमेको जवाफ मागेको बताइएको छ । मिडिया रिपोर्टलाई मान्ने हो भने एक वरिष्ठ पुलिस अधिकारीले घटनासँग जोडिएका सबै तथ्य पाएपछि र त्यो पुष्टि भएपछि साराविरुद्ध ‘मोटर भेइकल एक्ट’ अनुसार एक्सन लिइने जानकारी दिएका छन् ।

स्मरण रहोस्, जब साराको भिडियो सार्वजनिक भएको थियो तब मानिसहरुले उनलाई ट्रोल गर्दै दिल्ली पुलिसलाई पनि ट्याग गरेको थियो । रोड सेफ्टी नियम तोडेका कारण साराको निकै आलोचना भयो ।

यो भिडियो दिल्लीमा इम्तियाज अलीको आउँदो फिल्मको सुटिङको हो । यद्यपि, यो पूरा विवादबारे साराको कुनै प्रतिक्रिया आएको छैन । 

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू