विवाह नगरी गर्भवती भईन यी नायिका

रिता घिसिंग

एजेन्सी : फिल्म ‘सिङ इज ब्लिंङ’ मा अक्षय कुमारकी हिरोइन रहिसकेकी एमी ज्याक्शन एक पटक फेरि आफ्नो निजी जीवनलाई लिएर चर्चामा छन्। एमी विवाह भन्दा पहिला नै गर्भवती भएकी छन् र यतिबेला उनी आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर आराम गरिरहेकी छन्। उनले बेबी फ्लान्ट गर्दै आफ्नो इन्स्टाग्राममा फोटो शेयर गरेकी छन्।

एमी आफ्नो विगत लामो समयदेखिका ब्वाइफ्रेण्ड तथा बेलायतका मल्टी मिलेनियर जर्ज पानायियोटौसँग यही वर्ष ग्रीसमा विवाह गर्ने तयारीमा थिइन्। तर उनीहरुको विवाह पोस्टपोन भयो। अब उनीहरु आगामी वर्ष मात्रै विवाह गर्ने भएका छन्।

संचारमाध्यमका अनुसार एमी, जर्जसँग ग्रीसको समुन्द्र किनारमा विवाह गर्नेछिन्। यही वर्ष १ जनवरीमा यो जोडीले इंगेजमेन्ट गरेको थियो। एमीले आफ्ना हुनेवाला श्रीमानसँगको रोमान्टिक फोटोसमेत शेयर गरेकी थिइन्। एमी र जर्जको भेट २०१५ मा एक साथीमार्फत लन्डनमा भएको थियो। त्यसपछि उनीहरु डेट गर्न थाले। जर्ज रियल स्टेट टायकुन एन्ड्रियास पानायियोटौका छोरा हुन्।

जर्र्ज भन्दा पहिला एमी राजनीतिज्ञ तथा अभिनेता राज बब्बरका छोरा प्रतीक बब्बरसँग डेट गर्थिन्। उनीहरुबीचको सम्वन्ध विवाह गर्ने तहसम्म पुगेको थियो। यद्यपी उनीहरुबीच विवाह हुन भने सकेन।

एक समय एमीको नाम सलमान खानसँग जोडिएको थियो। २०१७ मा रजनीकान्तको फिल्म २.० को फस्र्ट लुक लन्च हुँदा सलमान नबोलाइकन पुगेका थिए त्यसपछि सलमान र एमीबीच प्रेम रहेको चर्चा चलेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू