दुई गीत गाएको १० करोडभन्दा बढी पारिश्रमिक पाउने महँगी गायिका

मनिषा थापा

एजे‍न्सी : गायिका मेडाेना आउँदो महिना इजरायलमा हुन गइरहेको यूरोपियन गीत कन्टेस्टमा गाउन गइरहेकी छिन् । उनले त्यहाँ केवल दुईवटा गीत गाउने छिन् ।

तर आयोजकले केवल दुईवटा गीतका लागि उनलाई १ मिलियन डलर अर्थात् १० करोडभन्दा बढी रकम उनलाई दिँदैछ । ६० वर्षीया मेडोना पाहुनाको रुपमा कार्यक्रममा सहभागी हुनेछिन् । उक्त कार्यक्रम तेल अविवमा हुनेछ ।

न्यूज वेबसाइट हारेत्जमा प्रकाशित खबरका अनुसार मेडोनाले केवल दुई गीत गाउनेछिन् । त्यसको लागि उनीसँग १६० जनाको समूह सहभागी हुनेछ । युरोपियन ब्रोडकास्टिङ युनियनका अनुसार यो अहिलेसम्मको सबैभन्दा महंगो बुकिङ हो ।

उनको इजरायल यात्रा यो चौथोपटक हो । ६ बच्चाकी आमा मेडोनाले यसअघि सन् १९९३, २००९ र २०१२ मा इजरायल पुगेर गीत गाइसकेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू