बनेपामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, अर्का घाइते

admin

धुलिखेल २९ चैत: काभ्रेको बनेपामा शुक्रबार साँझ माल बाहक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बनेपा नगरपालिका वडा नम्बर ५ बस्ने २८ बर्षिय गणेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडी सवार बनेपा नगरपालिका वडा नम्बर ५ मै बस्ने २५ बर्षीय यशोदा हमाल गम्भीर घाइते भएकी छिन् । उनलाई थप उपचारका लागि नर्भिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

बनेपाबाट काठमाण्डौ जाँदै गरेको ना ३ ख ७७८३ नम्बरको मालबाहक ट्रकले सोहि दिशा तर्फ गईरहेको बा ६९ प ९३८८ नम्बरको मोटरसाइकलाई भैसीपाटी चोकमा ठक्कर दिएको थियो ।

प्रतिक्रिया