“तराना कला केन्द्र” द्वारा आयोजित मिर्गौला पीडित अशोक लामा सहयोगार्थ कार्यक्रम आयोजित

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। दुबै मिर्गौलाले काम गर्न छाडेपछि जीवन र मरणको दोसाँधमा भौतारिरहेका अशोक लामा तामाङको उपचारका लागि आर्थिक सहयोग जुटाउन “तराना कला केन्द्र” र “ह्याङला दोलखा काठमाडौँ समाज”ले संचालन गरेको अभियान सञ्चालन सम्पन्न भएको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा न. ४ निवासी ३६ वर्षिय अशोकको उपचार तथा सहयोगार्थ चैत ३० गते शनिवार काठमाडौंको जोरपाटीमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

बैदेशिक रोजगारको शिलशिलामा दुबईमा रहेकै समयमा दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनि स्वादेश फर्किएका थिए। लामाको अहिले काठमाडौँ स्थित राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थलीमा हप्ताको २ पटक डायलाइसिस गराईरहेका छन् । विदेशबाट कमाएर ल्याएको पैसा र पुर्ख्यौली सम्पत्ति समेत उपचाराइ क्रममा सकिसकेको कारण हाल प्रत्यरोपणमा समस्या आएपछि “तराना कला केन्द्र” र “ह्याङला दोलखा काठमाडौँ समाजको सहकार्यमा” सहयोग अभियान सञ्चालन गरेको हो।

दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा न. ४ निवासी ३६ वर्षिय दुबै मिर्गौला पीडित अशोक लामाको उपचारका लागि शनिबार एक कार्यक्रम गरी रु. ४ लाख २० हजार ६ सय ४७ सहयोग रकम हस्तान्तरण गरिएको हो।

विभिन्न देशबाट उक्त अभियानमा साथ दिने सहयोगीहरुलाई धन्यवाद दिदैं कार्यक्रमका सभाध्यक्ष एवम् ह्याङ्ला दोलखा–काठमाडौं तामाङ समाजका अध्यक्ष सरोज मोहन मोक्तानले अशोक जस्तै मिर्गौला पीडितहरुको समस्यालाई सरकारले सम्बोधन गर्नुपर्ने बताए । दोलखा जिल्लाकै संघीय प्रतिनिधि सभा सांसद पार्बत गुरुङको प्रमुख आतिथ्यतामा नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा तामाङ समुदायबाट नेपाल प्रहरीमा सेवारत प्रहरी वरिष्ठ उपरिक्षक बसन्त लामालाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्वमन्त्री आनन्द प्रसाद पोखरेल, प्रदेश सांसद पशुपति चौलागाईं, सांसद सरस्वती बस्नेत लगायत अतिथिहरुको उपस्थिति थियो । उनिहले बोल्ने क्रममा अशोकको उपचारार्थ सरकारी निकायसम्म पहल गरिदिने प्रतिवद्धता व्यक्त गरेका छन् । उक्त कार्यक्रममा चर्चित गायकहरु प्रेम लोप्चन्, लाक्पा शेर्पा, विशाल कल्तेन, सन्जीव वाईवा, गायिका इन्दिरा गोले तामाङ तथा थुप्रै कलाकारहरुको वेजोड प्रस्तुती रहेको थियो ।

उक्त सहयोगार्थ कार्यक्रममा उपचारको लागि उठेको रकम हस्तान्तरण गरिएको थियो। उनको उपचारको लागि अझै धेरै रकम चाहिने भएको छ। हस्तान्तरण गरिएको रकम उपचार उनको लागि पर्याप्त छैन। 

केन्द्रका सञ्चालिका तथा गायिका बसन्ती लामाले देश तथा विदेशमा रहेका नेपालीहरुलाई पनि यो अभियानमा हातेमालो गरिदिनुहुन आग्रह गरेकी छिन् । मिर्गौला पीडित अशोक लामालाई सहयोग गर्न चाहनुहुने महानुभावहरुको लागि विरामी कै नाममा सेन्चुरी बैंकमा रहेको खाता नं. ०१८००००६८५SR  मा सहयोग वा मोबाईल नं. ९८६०५८९४११÷ ९८०३८९१८१९ सम्पर्क गर्न सक्नुहुनेछ ।

भिडियो :

https://www.youtube.com/watch?v=KoxCsgYIy8k

 

प्रतिक्रिया