सुन किनबेच गर्ने सोचमा हुनुहुन्छ ? यस्तो छ आज सुनको भाउ…

मनिषा थापा

नयाँ वर्ष २०७६ सालको शुरुवातसँगै साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

सोमबार छापावाला सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ६०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, सोमबार तेजावी सुन ५९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ३०० रुपैयाँमै कारोबार भइरहेको छ ।

साथै, सोमबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७२० रुपैयाँमै कारोबार भइरहेको छ।

प्रतिक्रिया