लाखौ युवा युवतीहरु माझ लोकप्रिय रहेको टिक टकमाथि पनि लाग्यो प्रतिबन्ध

रिता घिसिंग

काठमाडौं : पछिल्लो समय निकै लोकप्रिय रहेको भिडियो एप्स ‘टिक–टक’माथि भारतले प्रतिबन्ध लगाइएको छ । मद्रास उच्च न्यायालयको निर्देशानुसार भारतमा उक्त एप्स प्रतिबन्ध लगाइएको हो ।

मद्रास उच्च न्यायालयको आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिरहनु नपर्ने ठहर गरेपछि प्रतिबन्ध मंगलबार रातिबाट लागू भएको हो । सर्वोच्च अदालतले मद्रास उच्च न्यायालयमा यस सम्बन्धी मुद्दा विचाराधीन रहेको भन्दै सो मुद्दाको फैसला नआएसम्म सर्वोच्चले उक्त विषयसँग सम्बन्धित पुरक मुद्दा नहेर्ने निर्णयसमेत गरेको छ ।

भारतमा गएरातिबाट नै गुगल प्लेस्टोरबाट ‘टिक–टक’ हटाइएको छ । एप्पलको प्लेटफर्ममा भने रातिसम्म सो एप्स उपलब्ध रहेको बताइएको छ । ‘टिक–टक’मा विशेष इफेक्टका साथ प्रयोगकर्ताले भिडियो बनाउन र शेयर गर्न सक्ने व्यवस्था छ । फेसबुकमा पछिल्लो समय ‘टिक–टक’ भिडियो निकै लोकप्रिय हुँदै गएका छन् ।

बालबालिकालाई असर परेको भन्दै अदालतले यसमा रोक लगाउने निर्णय गरेको हो । ‘पोर्नोग्राफी’ बढाएको, यस्ता भिडियोका ‘कन्टेन्ट’ अश्लील हुने गरेको भन्दै अदालतले रोक लगाउने फैसला गरेको हो । भारतमा टिक-कट प्रयोग कर्ता लाखौ युवा युवतीहरु अदालतको यो आदेशले दुखि भएका छन् ।

प्रतिक्रिया