यस्तो अवस्थामा भेटिए कोहलपुरका भाइरल र्यापर आकाश चौधरी (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर, भक्तपुर : मानव जीवनमा समस्या कसलाई पर्दैन र ? सुख पछि दुख र दुख पछी सुख त प्राकृतिक नियम नै हो। तर दुख माथि दुख चाही खै कुन्नि कसको नियम हो जसमा बाधिएका छन् आकाश चौधरी।

बुवा आमाको काखमा खाएर खेलेर हुर्किएका १७ वर्षीय आकाश चौधरी कोहलपुरमा बस्छन्। कदले होचा भएपनि उनको सपना एकदम फराकिलो छ। उनलाई पढेर ज्योतिषी बन्न मन छ। शारीरिक अपांगता भए पनि उनको बोलीचाली तिखो छ। मोहित पर्ने गरी बोल्छन् उनी। उनीसँग जोकोही पनि एकैछिनमा नजिक भैहाल्छन्।

परिवारमा उनको आम बुबा र उनी सहित तीनजना छन्। पारिवारिक स्थिति नाजुक नै छ उनको घरको। उनका बुबा ट्याक्टर चलाएर मासिक ११ हजार कमाउछन्। आमा घरायसी काममा नै अल्झिन्छिन्। आकाश केहि काम गर्न चाहेर पनि गर्न सक्दैनन्। उनी शारीरिक रुपले कम्जोर छन्। होचो कद भएकै कारण उनी गरुङ्गो र धेरै मिहिनेत गर्नु पर्ने काम गर्न सक्दैनन्।

अहिले त उनको स्वास्थ्य स्थिति बिग्रिएको छ। शारिरिक रुपमा त ठगिएका नै थिए तर यतिबेला भने उनलाई भाग्यले पनि ठगेको छ। बर्दियाको सदरमुकाम गुलरियामा जान आकाशको बुबाले साथीको बाइक मागेर हुइकीए। बिचमा आकाश अगाडी पट्टि बुबा अनि पछाडी पट्टि आमा छाडेर हुइकिएको बाइक बाटोमा एक्कासी अनकन्ट्रोल हुनपुग्यो। बीच बाटोमा छाडा रुपमा छोडिएको गाईलाई छलाउन खोज्दा बाइक पल्तेला झैँ भयो। पल्टिन लागेको बाइकबाट छोरालाई केहि नहोस भनेर उनको आमाले करिव १४ मिटर पर फालिदीईन।

सानो ज्यान त्यति टाढा फालेको हुँदा उनी अहिले बिरामी परेका छन्। आइया आइया गर्दै अछ्यानमा थला परेका उनको अवस्था एकदम नाजुक स्थितिमा पुगेको छ। स्वास्थ्य स्थिति झन्झन् बिग्रिदो अवस्थामा पुगेपछि पिएन्पि मिडिया टिमले उनलाई उपचारको लागि जान आग्रह गर्यो। यद्दपि आकाशको आमाबुबाले अस्विकार गरेपछि उनको स्वास्थ्य जांचको दुइ हजार रुपैया दिएर स्वास्थ्य लाभको कामना गरेर फर्किए।

आकाशको स्वास्थ्य स्थितिको बारेमा बुझ्न फोन गर्दा उनलाई चेक अप गरेर ३०० रुपैयाको औषधि ल्याइएको जानकारी प्राप्त भएको छ। उनको घरको आर्थिक अवस्था निकै नै कम्जोर भएकोले हामीले त सकेको सहयोग गरेर फर्कियौ। तपाईहरु पनि यी फुर्तिला भाइलाई सहयोग गर्न चाहनु हुन्छ भने कृपया उनको आमाको फोन नम्बर 9868020136 मा सम्पर्क गर्न सक्नुहुन्छ। साथै पिएन्पि मिडियाको अफिसियल फेसबुक पेज पिएनपीखबरमा मेसेज पनि गर्न सक्नु हुन्छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू