बिहेको एनिभर्सरीकै दिन छोराको बाबु बने नायक आर्यन सिग्देल

रिता घिसिंग

काठमाडौँ : अभिनेता आर्यन सिग्देल पिता बनेका छन् । शुक्रबार उनकी श्रीमति सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् । अहिले सपना र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो छ ।

बिबाहको पाचौ एनिभर्सरीकै दिन उनीहरुले छोरालाई जन्म दिएका छन् । आज भन्दा ५ वर्ष पहिला बैशाख ६ गते नै उनीहरु बैबाहिक जीवनमा बाँधिएका थिए । केही बर्ष प्रेममा रहेर आर्यन र सपनाले प्रेम बिबाह गरेका थिए ।

आर्यनले केही समय अगाडि नै आफु र गर्भवती श्रीमतीसँगको केही फोटोहरु सार्वजनिक गर्दै नयाँ वर्षमा आफ्नो सन्तानले जन्म लिने खुलाएका थिए । सन्तानको जन्मपछि आर्यन निकै खुसी छन् ।

प्रतिक्रिया