आमालाई बाउले बन्चराे प्रहार गरी हत्या गरेपछि बालबच्चाको भयो बिच्चली (भिडियो)

मनिषा थापा

पिएनपिखबर : कपिलबस्तुको शिवराज नगरपालिका १ बन्कस्बासका ४० बर्षीय बसन्त परियारले आफ्नी श्रीमती सुमित्रा परियारको हत्या गरेको घट्ना कार्तिक ११ गते सार्वजनिक भएको थियो। रक्सि खाएर आएका बसन्तले बन्चरोले श्रीमतीको टाउँकोमा प्रहार गरी हत्या गरेका हुन्।

उनले छोराछोरी सुतिसके पछि ११ बजेतिर सो घटना घट्न गएको थियो। श्रीमतीलाई बन्चरोले टाउँकोमा हानेर उनी ढोकालगाई फरार भएका थिए। प्रहरीले उनलाई पछि नियन्त्रणमा लिएको थियो। उनले बयानमा आफुलाई होश नभएको बताएका छन्।

अभियुक्त बसन्त परियारका तीन सन्तान छन्। आमाको मृत्यु भएपछि बाबु जेलमा छन् भने सन्तानको त विचल्ली भएको छ। बसन्तको जेठो छोरा कमाउन कै लागि लुम्बिनीमा मिस्त्रीको काम गर्थे।

बसन्तका १३ वर्षिय छोरा सुजन परिवारले पढ्न छाडेर आफ्नो पेटपाल्न नजिकैको कन्स्ट्रक्सनमा काम गर्ने गर्छन। उनी दिनको चार सय कमाउछन। कमाएको दिनभरीको पैसा आफ्नो काकालाई बुझाउछन् । उनी अहिले काकासँगै बस्दै आएका छन्। उनले ३ कक्षामा पढ्दा पढ्दै आफ्नो शिक्षालाई पूर्णविराम लगाएका छन्। उनका बुबाआमा पहिला लेलेस्थित इट्टाभट्टामा काम गर्ने गर्थे। इट्टाभट्टाका साउले घट्ना पछि उनको ११ वर्षिया बहिनीलाई पढ्न काठमाडौँ लगेको उनी बताउँछन्।

अहिले घट्ना घटेको ७ महिना वितिसकेको छ। अभियुक्तका जेठा छोरा घट्नालाई सम्झिदै भन्छन, ‘म घट्ना हुँदा लुम्बिनीमा थिए। खबर सुनेपछि घर आए, आमाको अनुहार चिन्न नसक्ने थियो। धेरै ठाउँमा काटिएको थियो।’

बाबुआमाको झगडाले गर्दा आज सुजन र उनको बहिनीको भविष्य अन्योलमा परेको छ । कानुनले बालमजदुरी रोक्ने प्रावधान ल्याए पनि बाबुआमाको छत्रछाया नरहे पछि उनीजस्ता हजारौ बालबालिका ज्याला गर्न बाध्य छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया