रिना मृत्यु प्रकरणमा सिङ्घमलाई सम्झिदै पथरीबासी, आखिर को हुन् उनि ? (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा २९ वर्षीया रीना बस्नेतको रहस्यमय अवस्थामा शव फेला परेपछि स्थानीयबासि सडकमा उत्रिएका छन्। कुनै समयमा सुरक्षित र शान्त रहेका पथरीमा अहिले महिनै पिछे यस्ता अपराधिक घटनाहरु बढ्न थालेका छन्। रिना प्रकरणमा प्रहरीको अनुसन्धान प्रक्रिया फितलो देखिएपछि पथरीबासीले पुर्व प्रहरी इन्चार्ज केशव भट्टराईलाई सम्झिएका छन्।

पथरीमा उनि सिङ्घम नामले परिचित थिए। अपराधीहरु उनि देखेर डराउने गर्थे। उनले नै पथरीलाई व्यवस्थित शहरको रुपमा चिनाएका थिए। उनि हुदा आफुहरुलाई सुरक्षित महसुस गरेका स्थानीयबासिहरु अहिले आफ्नै आगनमा महिलाको शव फेलापछि पुर्व प्रहरी इन्चार्ज सिङ्घम जस्तै प्रहरीको माग गरेका छन्। सिङ्घमले गाजा खाने युवा र अपराधीहरुलाई धुरु धुरु परेका थिए।

अहिले खटिएका प्रहरीले नेपाल सरकारको तलब पचाउने काम मात्रै गर्ने गरेको र छोरासंगै सुतेका एक महिला आफ्नै घर अगाडी नग्न अवस्थामा फेला पर्दा पनि मदिराले मातिएर लडेको भन्दै घटनालाई टुग्याउन खोजेको आरोप स्थानीय बासीले लगाएका हुन्। यसरी पथरीमा अपराधिक घटना दिनदिनै बढ्न थालेसंगै पथरी बासिले असुरक्षित महसुस गर्न थालेका छन्। जनताको सुरक्षाका लागि खटिएका प्रहरीले सिङ्घमले जस्तै काम गरेका भए आज ति महिलाको यसरि अकालमा मृत्यु नहुने स्थानीयबासीले बताए।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू