किन आए पुर्वका भाइरल जोडी अचानक काठमाडौंमा? (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : केहि समय अघि पुर्वको भाइरल जोडीका रुपमा चिनिने ३० बर्षिय बिष्णु मगर र ३१ बर्षिय सपना मगर अहिले काठमाडौँ आएका छन्। मोरङको लेटाङदेखि यी जोडी होचा पुड्का संघको एतिहासिक सम्मेलनमा सहभागी जनाउन काठमाडौँ आएका हुन्। सपनाको उचाई श्रीमानको भन्दा दोब्बर रहेका कारण यी जोडी सामाजिक संजालमा भाइरल भएका थिए।

होचा पुड्का संघका सदस्य बनि सकेका यी जोडीलाई मेरी बास्सै देखि म्युजिक भिडियोहरुमा पनि अफरहरु आएका थिए। तर छोरी एक्कासी बिरामी भएका कारण उनिहरु काठमाडौँ आउन सकेनन्। कलाकारीता क्षेत्रमा लाग्ने इच्छा हुदा हुदै पनि लेटाङदेखि काठमाडौँ आउन आउन जान समस्या भएका कारण टेलि सिरियल र म्युजिक भिडियोमा खेल्न नसकेको मगर बताउछन।

सामाजिक संजालका कारण यी जोडी एक अर्काको प्रेममा परेका थिए। आफु जस्तै होचा पुड्का व्यक्तिहरु देख्दा आफुलाई अचम्म लाग्नुको सट्टा रमाइलो लागेको उनीहरुले बताए।

घर तथा घडेरी व्यबस्थापन समितिको सहयोगमा घर निर्माणको थालनी त भयो तर आर्थिक अभावका कारण घर पुरा हुन् नसकेको छैन। धेरै सहयोगी मनहरुले भौतिक सहयोग त गरे तर आर्थिक अभावका कारण केहि सिमेन्टहरु बिग्रिएर गएको छ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू