गोदामचौर घटना: घाटी रेटेर श्रीमतीको बिभत्स हत्या, गाउँमा बोकेर हिँडे टाउको {भिडियो सहित }

admin

काठमाडौँ, ११ वैशाख: ललितपुरको गोदावरी नगरपालिका–१ बिसंखु गोदाम चौरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय जय बहादुर वाइवाले मंगलबार बिहान ५ः३० बजे सिन्धुली माइत भएकी श्रीमती वर्ष ४१ की मनमाया वाइवाको विभत्स हत्या गरेका हुन् ।

श्रीमतीको टाउको छिनाएर बोकेर हिँडेका उनलाई भाग्दै गरेको अवस्थामा खुर्पासहित पक्राउ महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख (डीएसपी) गौतम मिश्रले जानकारी दिए ।

डीएसपी मिश्रका अनुसार जयबहादुरले सुरुमा घनले टाउकोमा हानेको र पछि खुर्पाले टाउको छिनाएको प्रहरी अनुसन्धानमा खुलेको छ । हत्या पारिवारिक कारण भएको बताइएको छ । जयबहादुरले प्रहरी समक्ष श्रीमतीले आफूलाई सधैं टचर दिइरहने गरेको डीएसपी मिश्रले बताए । जयबहादुर काचो इट्टा बनाएर बेच्ने काम गर्थे । आर्थिक अवस्था कमजोर भएका उनीहरुको २ सन्तान छन् ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू