हामी असुरक्षित छौ, पहिला देखि नै प्रहरी सुरक्षा फितलो भएकै हो : उपमेयर विष्ट (भिडियो)

मनिषा थापा

पिएनपिखबर : मोरङको पथरी शनिश्चरेकी उपमेयर यामुना विष्टले प्रहरीको सुरक्षा फितलो भएको गुनासो पोखिन। रिना हत्या प्रकरणमा प्रशासनले ध्यान नदिएको कारण आफुअरु सडकमा उत्रिन बाध्य भएको उनको भनाई छ।

प्रहरी प्रसाशनको कार्य राम्रो नभएको कारण प्रहरी बल नै परिवर्तन गर्न जिल्ला एस.एस.पीलाई आफुले पटकपटक भनिएता पनि बेवास्ता गरेको उनले बताईन।

अहिले भने प्रहरी प्रशासनले पनि अनुसन्धान भईरहेको उनले जनाईन। विगतका दिनहरुमा प्रशासनले कुनै पनि राम्रो काम नगरेको कारण जनता निकै असुरक्षित भएको उनको भनाई छ। उनी भन्छिन, ‘यदि प्रसाशन बलियो भएको भए आज यस्तो घटना हुने थिएन।’

रिनाको आत्महत्या नभई हत्या नै भएको उपमेयर विष्टको दावी छ। उनले कुनै पनि महिला नग्न आत्महत्या गर्ननसक्ने उनको भनाई छ। आन्दोलन र सबैको दबाबपछि अनुसन्धान पनि राम्ररी भईरहेको र सत्य तथ्य बाहिर आउने उनको विश्वास छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू