रिनाको मृत्युप्रकरण सेलाउन नपाउदै मोरङमा अर्की २५ वर्षिय युवती बेपत्ता (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : बैशाख ८ गते विहानदेखि केराबारीगाउपलिका वडा –५ सतिसालेकी २५ वर्षिय रोजिता दाहाल बेपत्ता छिन् । बिहान धरान बजार जान्छु भनि घरबाट निस्किएकी महिला बेलुकी घर नफर्किएपछि वेपत्ता भएको भन्दै परिवारजनले खोजी कार्य तिब्र बनाएको सासु टंक माया महतले बताए ।

दाहालका श्रीमान एक महिना अघि मात्रै विदेशबाट नेपाल फर्किएका थिए। उनका अनुसार विहानै घरबाट बजार जान भनि निस्किएकी बुहारीले बेलुकापख छोरालाई म्यासेज पठाएर आफु कहिल्यै नफर्किने गरी गएको बताएकी थिइन् । बेपत्ता महिलाले धनकुटाको मूलघाटमा रहेको पुल मुनि आफ्नो झोला, मोबाइल र पैसा समेत तमोर नदिको किनारमा छाडेको म्यासेज श्रीमानको मोबाइलमा पठाएकी थिइन् ।

बुहारी बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय धनकुटामा सासु–सुसरा पुगेपछि जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले खोजतलासलाई तीब्रता दिएको थियो ।

बेपत्ता युवतीले धनकुटाको मूलघाटमा रहेको पुलमुनि आफ्नो झोला, मोबाइल र पैसा समेत तमोर नदीको किनारमा छाडेको म्यासेज श्रीमान्को मोबाइलमा पठाएको र जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोली पुग्दा जुन ठाउँमा भनेको सोही ठाउँमा सामग्री (ब्याग झोला, पैसा र मोबाइल) फेला परेका हुन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू