बेपत्ता रोजिता दाहालबारे काका ससुराले खुलाए यस्तो रहस्य (भिडियो)

मनिषा थापा

पिएनपिखबर : रिनाको मृत्युप्रकरण सेलाउन नपाउदै मोरङमा अर्की युवती बेपत्ता भएको घटना सार्वजनिक भएको छ।

 

केराबारीगाउपलिका वडा –५ सतिसालेकी २५ वर्षिय रोजिता दाहाल बैशाख ८ गते विहान धरान बजार जान्छु भनि घरबाट निस्किएकी थिइन। बेलुका भईसक्दा पनि घर नफर्किएपछि वेपत्ता भएको भन्दै परिवारजनले खोजी कार्य गरेका हुन्।

दाहालको श्रीमान एक महिना अघि मात्रै विदेशबाट नेपाल फर्किएका थिए। दाहालको काका ससुरा अनुसार, विहानै घरबाट बजार जान भनि निस्किएकी बुहारीले बेलुकापख छोरालाई म्यासेजमार्फत अब आफु कहिल्यै नफर्किने बताएकी थिइन्। रोजितालेले धनकुटाको मूलघाटमा रहेको पुल मुनि आफ्नो झोला, मोबाइल र पैसा समेत तमोर नदिको किनारमा छाडेको म्यासेज श्रीमानको मोबाइलमा पठाएकी थिइन् । त्यसपछि अन्तिम पटकको फोनमा उनले म आज नाउने भए सायद ! बोल्नु यति नै होला भनेर काटिन्।

रोजिताले भनेको उक्त झोला, मोबाइल र पैसा उक्त ठाउँमै भेटिएको ससुराले बताए। बुहारी बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय धनकुटामा सासु–सुसरा पुगेपछि जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले छानविन कार्य गररहेको छ। अहिलेसम्म घटनाको वास्तविक रहस्य भने पत्ता लागेको छैन।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू