फिल्म ‘दे दे प्यार दे’ को नया गीत रिलिज (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेता अजय देवगन, तब्बू र रकुल प्रीत सिंहको कमेडी फिल्म ‘दे दे प्यार दे’ को गीत रिलिज भएको छ। मस्तीले भरिएको यस गीत ‘हाउली हाउली’ मा रकुल प्रीत सिंहको जबर्दस्त डान्स देख्न सकिन्छ।

 

यस गीतमा आवाज गैरी संधू र नेहा कक्कड़को रहेको छ भने संगीत तनिष्क बागचीलर दिएका हुन्। यस चलचित्र मे महिनाको २७ तारिखमा प्रदर्शन हुदैछ।

लभ रञ्जनको लेखन तथा अकी अलीको निर्देशनमा बनेको उक्त फिल्म लभ रञ्जन र भुषण कुमारले निर्माण गरेका हुन् ।

प्रतिक्रिया